उखुको जुस पिउदा यस्ता कुराहरुमा ध्यान दिनुहोस, नत्र स्वास्थलाई पुर्याउछ हानि!

एजेन्सी – अहिले गर्मीको मौसम चलिरहेको छ।  गर्मी मौसममा हामी धेरै फलफूलको जुस सेवन गर्ने गर्छौ । यसले हाम्रो शरीरलाई शितल महसुस गराउदछ । हामी विभिन्न फलफूलको जुस खान रुचाउछौ । ती मध्ये उखुको जुस पनि गर्मी मौसममा अधिकांसले खाने गर्दछन्। तर उखुको जुस सेवन गर्दा हामीले ध्यान दिनु पर्ने कुराहरु यस प्रकारका छन् :

१. फ्रिजमा राखिएको जुस: यदि तपाईले फ्रिजमा राखिएको उखुको जुस सेवन गर्नुहुन्छ भने यो  हाम्रो शरीरको लागि निकै हानीकारक हुन्छ । फ्रिजमा ताजा जुस राख्दा ताजा जुसमा भएको भिटामिन हराएर जान्छ। साथै फ्रिजमा राखेको चिसो जुसले घाटीलाई प्रत्यक्ष असर गर्दछ ।

२. सडेगलेको उखु: उखुको जुस ताजा पिउनु फाइदाजनक  हुन्छ । सडेको वा नराम्रो उखुले हाम्रो स्वास्थको लागि हानिकारक गर्नुका साथै  पेटमा समस्या पनि उत्पन्न हुने गर्छ ।

३. फोहोर पसल: प्राय: मानिसहरुले जुस पिउदा फलफुल पसलमा गएर पिउने गर्छन। जुस पिउदा फलफुल पसल सफा छ या छैन भन्ने कुरामा ध्यान दिनु पर्छ ।

४. २ गिलास उखुको जुस: जुस हामीले जति सेवन गर्छौ त्यति नै हाम्रो स्वास्थको लागि राम्रो हो तर उखुको जुस २ गिलास भन्दा बढी पिउनु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ । दिनमा २ गिलास भन्दा बढी उखुको जुस पिउनु उचित नहुने कुरा  विशेषज्ञले बताएका छन्।

 

प्रकाशित : मङ्गलबार, असोज २४, २०७४१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता ५ खानेकुराहरु खान छोड्नुस, नत्र कपाल झरेर टक्लुको सिकार हुनुहुनेछ!