नेपाल र वेस्ट इन्डिज सिरिजको प्रत्यक्ष प्रशारण अधिकार रुटिन अफ नेपालले गर्ने

काठमाडौँ : नेपाल र वेस्ट इन्डिजबीच हुने टी–२० सिरिजको प्रसारण अधिकार रुटिन अफ नेपाल प्रा.लिले प्राप्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिएअनुसार सेप्टेम्बर २७ देखि ३० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने उक्त सिरिज प्रसारण गर्ने अधिकार रुटिन अफ नेपाललाई प्रदान गरिएको हो ।

आगामी अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुने विश्वकप लिग–२ का लागि तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग यूएईमा टी–२० सिरिज खेल्ने भएको हो ।

प्रकाशित : बिहिबार, भदौ १२, २०८२१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :