दशकौँपछि भेटमा शारीरिक सम्बन्ध बनाउँदा प्रेमीको मृत्यु, प्रेमिकाले तिरिन् ११ लाख रुपैयाँ

एजेन्सी : सन् १९८० को दशकमा, झोउ र झुआङ एउटै कारखानामा काम गर्थे र नजिकका साथी थिए। तर समयसँगै, झुआङको विवाह भएपछि उनीहरू अलग भए।

दशकौंपछि, सन् २०२३ मा एउटा पार्टीमा फेरि भेट हुँदा झुआङले झोउलाई होटलमा बोलाइन्।

त्यहाँ उनीहरूले यौन सम्बन्ध बनाए, तर बिहानै झोउको आकस्मिक मृत्यु भयो।

घटना दक्षिण चीनको गुआङ्सी प्रान्तमा घटेको थियो। जुलाई २४, २०२४ मा, झोउले होटलमा कोठा बुक गरेर झुआङलाई बोलाएका थिए। झुआङले बताइन् कि उनीहरूले सुत्नुअघि शारीरिक सम्बन्ध कायम गरेका थिए।

अर्को बिहान, झोउ सास फेर्न सकिरहेको थिएन। झुआङ डराएकी थिइन्। उनलाई थाहा थियो कि झोउलाई उच्च रक्तचापको समस्या थियो, त्यसैले उनी औषधि लिन घर फर्किइन्।

पछि फर्किंदा, होटल कर्मचारीसँग कोठा खोल्दा झोउले कुनै प्रतिक्रिया दिएनन्। चिकित्सकले उनको मृत्यु पुष्टि गरे।

झोउकी पत्नीले आरोप लगाइन् कि झुआङ र होटलले उनको जीवन बचाउन पर्याप्त प्रयास गरेनन्।

तर अदालतले अनुसन्धानपछि ठहर गर्यो कि झोउको मृत्यु उनको दीर्घकालीन स्वास्थ्य समस्याका कारण भएको थियो र झुआङलाई यसबारे कुनै जानकारी थिएन।

अन्ततः अदालतले झुआङलाई झोउको परिवारलाई ६२ हजार युआन (करिब ११ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दियो।

होटललाई दोषी नठहर गर्दै कुनै आर्थिक दायित्व तोकिएन।

प्रकाशित : बिहिबार, भदौ १२, २०८२२२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :