काठमाडौँ : नेपालले हालसम्म टेस्ट नेसनसँग १३ वटा खेल खेलेको छ, तर एकपटक पनि जित निकाल्न सकेको छैन ।
यस अर्थमा, नेपालले अझैसम्म कुनै टेस्ट नेसनलाई पराजित गर्ने उपलब्धि हासिल गर्न सकेको छैन ।
अर्कोतिर एशोसियट क्रिकेटको सदस्य अमेरिकाले पाकिस्तान र बङ्गलादेशलाई हराइसकेको छ भने नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध बनाएको छ ।
धेरै एसोसिएट टोलीले टेस्ट नेसनमाथि ऐतिहासिक जित दर्ता गरिसकेका छन्, तर नेपालले भने अहिलेसम्म त्यो खुबी देखाउन सकेको छैन ।
अब अर्को महिना नेपालले वेस्ट इन्डिजविरुद्ध तीनवटा टि२० अन्तर्राष्ट्रिय खेल्न लागेको छ ।
नेपालले पहिलो पटक टेस्ट राष्ट्सँग ऐतिहासिक टी–२० सिरिज खेल्न लागेको हो ।
सिरिज युइर्एको सारजहा क्रिकेट मैदानमा सेप्टेम्बर २७, २८ र ३० तारिख हुनेछ ।
दुईपटकको विश्व टि२० विजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले आफ्नो अपूर्ण सपना साकार पार्ने मौका यसपालि पाउँला कि ?