एजेन्सी – अधिकांश महिला र पुरुषहरुमा कपाल झर्ने समस्या निकै बढेको छ । यो समस्या उमेर बढ्दै जादा देखिने समस्या हो तर अहिले भने उमेर नपुग्दै यो समस्या धेरै युवा तथा युवतीहरुमा पनि देखिन थालेको छ । हामीले सेवन गर्ने खाने कुराहरुले पनि हाम्रो स्वास्थमा महत्वपूर्ण भूमिका निर्भाह गरेको हुन्छ ।
जानिराखौ कस्तो खाने कुराले कपाल झर्ने गर्छ त?
१. कार्बोनेटेड पेय पदार्थ : कार्बोनेटेड युक्त पदार्थ जस्तै सोडा , पेप्सी, कोक लगायत अन्य कोल्डड्रिंक्सहरुमा चिनी तथा सोडाको मात्र बढी हुने गर्छ। जसले कपाल अत्यधिक झर्ने गर्दछ ।
२. केक तथा अन्य बेकरी : केक तथा अन्य बेकरीहरुमा धेरै मैदा लगायत चिनी प्रयोग गरिएको हुन्छ। जसले शरीरको एण्ड्रोजन हर्मोन बढ्छ र कपाल झर्ने गर्छ ।
३. तारेको खानेकुराहरु : तारेको खाने कुराहरु नियमित रुपमा खानाले हाम्रो शरीरमा तेलको मात्र बढ्ने गर्छ। जसले कपालमा भएका प्वालहरु बन्द हुन्छ र कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।
४. मदिरापान : मदिरापान सेवन गर्नाले हाम्रो स्वास्थमा धेरै असर पर्नेगर्छ । मदिरा पिउदा हाम्रो शरीरमा जिंकको शेचन ढिलो हुने गर्छ जसले कपाल झर्ने जस्तो समस्या उत्पन्न हुन्छ ।
५. मिठाई : मिठाईहरुमा धेरै चिनीको प्रयोग गरिएको हुनाले मिठाई सेवन गर्दा हाम्रो शरीरको रगतमा चिनीको मात्र बढ्ने गर्छ। जसको कारण कपाल छिट्टै झर्ने गर्छ ।