आजदेखि खुल्यो बुङ्गल हाइड्रोको आईपीओ

काठमाडौं : आजदेखि बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई सेयर निष्कासन गरिसकेको थियो। बाँडफाँट सम्पन्न भएपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो।

यस चरणमा कम्पनीले १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको, प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा भदौ १९ गतेसम्म रहनेछ भने ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित : सोमबार, भदौ १६, २०८२०९:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :