महिलाको जुँगा पलाए के गर्ने ? यस्तो छ सरल उपाय !

सामान्य त पुरुषको जुंगा पलाउनु त कुनै अनौठो कुरा होइन यधपी मंगोलियन समुदायका पुरुषमा भने सबैको दाहृजुँगा आउँदैन । तर, महिलाको जुंगाको रेखी देखियो भने कस्तो होला सुहाउने कुरै भएन । हो कतिपय महिला यसैकारण हैरान हुन्छन् सहरमा पो टोलै पिच्छे घरैपिच्छे ब्युटिपार्लरछन् र सजिलो छ । पार्लर गएर पनि हटाउन सकिन्छ । केही दिन बिराएर ब्युटीपार्लर धाउदै रौँ उखेल्नुपर्ने झन्झट उत्तिकै हुन्छ । तपाईं पनि यस्तै तनाव भोगिरहनुभएको छ भने घरमै फाल्नुहोस् नाकमुनिको रौ अर्थात जुँगा
तपाइले घरमै यी बिधि अपनाउनुभयो भने सजिलै यसको झण्झटबाट मुक्ति पाउनुहुन्छ ।

बेसन र बेसार
एक चम्चा बेसनमा एक चुट्की बेसार मिसाउने । थोरै दूध पनि मिलाएर पेस्ट तयार पार्ने । यो पेस्टलाई ‘अपर लिप’को माथिपट्टि लगाएर सुक्न दिने । अब, रगडेर सफा गर्दा रौँ उखेलिएर जान्छ ।

कागती र चिनी
आधा चम्चा कागतीको रसमा एक चम्चा चिनी मिलाउने । राम्रोसँग फिटेर तयार भएको मिश्रण नाकमुनि रौँ पलाएको भागमा लगाउने । केही बेरपछि रगड्दा रौँ सफा हुन्छ ।

दूध र बेसार
राति सुत्नुअघि ‘अपर लिप’मा दूध र बेसारको पेस्ट बनाएर लगाउने । भोलिपल्ट बिहानै धुने । नियमित यसो गर्दा रौँ हुन पाउँदैन ।

पिठो र दही
चामलको पिठो र दहीको पेस्ट तयार पार्ने । अनावश्यक रौँ पलाएको ठाउँमा लगाउने । सुकेपछि रगडेर फाल्ने, रौँ पनि सँगै फालिन्छ ।

नयाँ पत्रिकाबाट

प्रकाशित : बुधबार, फागुन १९, २०७२०८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्