बिहान उठ्दा एक्कासी रिंगटा लाग्छ भने नगर्नुहोस् बेवास्ता, हुनसक्छ यस्तो गम्भिर समस्या!

प्रायः बिहान उठे पछि मानिसहरु ओछ्यान बाट निस्कने बित्तिकै चक्कर लाग्छन् र तब उनीहरु अचानक टाउको समातेर बस्छन्। यदि तपाईहरुमा नै यस्तै हुन्छ भने हल्का टाउको दुख्ने वा चक्कर आउछ भने बेवास्ता नगर्नु होस् । शरीरमा यस्तो समस्या रक्तचाप तथा असामान्य समस्याको कारण हुन्छ।

डाक्टरहरु भन्छन यस्तो समस्यालाई सामान्य लिनु हुदैन । यस्तो समस्या घम्भिरा पनि हुनसक्छ । शरीरमा यस्तो समस्याले हृदय रोग, डिप्रेशन, डिमेन्शिया र मृत्युको जोखिम बढाउन सक्छ।

पोस्टुरल हाइपोटेन्शन उमेर सँगै शरीरमा बढ्दै जाने हुन्छ । र ६० बर्ष पछी ५ जनामा मध्य १ जनामा यस्तो समस्या देखिने हुन्छ । विशेषज्ञहरु भन्छन् कि क्लासिक पोस्ट्यूरल हाइपोटेंशन एक व्यक्तिलाई ओछ्यानबाट उठेको करिब ३ मिनेट सम्म हुने गर्दछ । यदि केहि गरी ३ मिनेट भन्दा बढी समय सम्म यस्तो समस्य हुन्छ भने यस्ता समस्या भएका बिरामीहरुको लागि खानमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टमा स्वास्थ्य विशेषज्ञ आर्टजा गिलानी र उनका सहकर्मीहरु भन्छन् कि बिहान उठ्न साथ लामो समय सम्म रिंगटा लाग्नुमा पार्किन्सन, मधुमेह, भिटामिन बि१२ को कमी, रेनल फेलियर, क्यान्सर जस्ता गम्भीर रोगहरुको एक संकेत हुनसक्छ ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नास्तामा खानुहोस् यी दुई चिज, शरीरमा बढ्नेछ तागत साथै विभिन्न समस्याबाट पइनेछ मुक्ति!