नास्तामा खानुहोस् यी दुई चिज, शरीरमा बढ्नेछ तागत साथै विभिन्न समस्याबाट पइनेछ मुक्ति!

स्वस्थ शरीरको लागी स्वस्थ आहारको सेवन गर्नु पर्छ । सबै विशेषज्ञहरु बिहानको नाश्ता नछोड्न सल्लाह दिन्छन् । किनकि हामीले बिहानको समयमा खाएको खानाले दिनको समयमा तागत दिने काम गर्दछ ।त्यस्तै स्वस्थ नास्ता गर्नाले शरीरमा आवश्यक रोग प्रतिरक्षा प्रणाली बलियो बनाउदछ । साथै तपाईलाई विभिन्न रोगबाट बचाउछ ।

बिहान उठे पछि पनि पिउने गर्नुहोस्
तपाईहरु बिहानको समयमा जतिसक्दो चाँडो उठेको राम्रो हुन्छ । बिहान उठेपछि सबैभन्दा पहिले मन तातो पनि पिउनु सबै भन्दा राम्रो मानिन्छ । तपाईहरु चाहानु हुन्छ भने बिहानको समयमा मनतातो पानीमा कागती र मह मिसाएर पनि सेवन गर्न सक्नु हुन्छ । यसरी सेवन गर्नाले तपाईको शरीरमा पानीको मात्र कमि भएको समस्यलाई कम गर्दछ । यसरी पानीको सेवनले शरीरमा उर्जा प्राप्त हुन्छ । साथै शरीरमा भएका विषाक्त पदार्थलाई हटाउन मद्दत गर्दछ।

डाइटिशियनका अनुसार बिहानको नास्ता गर्ने समय बिहानको ८ देखि १० बजे सम्ममा राम्रो मानिन्छ । उठेको २ घण्टापछि बिहानको खाजा खानुपर्छ। तपाई हरुले यस कुरामा ध्यान दिनु पर्ने हुन्छ । बिहानको नास्तामा फाइबर, प्रोटीन, स्वस्थ चिल्लो पदार्थ, ताजा फलफूल र तरकारीको एक मिश्रित मिश्रण हुनु पर्दछ ।

आहारा विशेषज्ञ डाक्टरको भनाइ अनुसार बिहानको समयमा नास्ताको रुपमा अण्डा र चनाको सेवन गर्नु पर्ने हुन्छ । यी दिई चिज शरीरमा शक्ति बढाउने र रोगहरुबाट शरीर टाढा राख्न मद्दत गर्दछ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुत्नु भन्दा पहिले भुलेर पनि नखानुहोस् यस्ता चिज, स्वास्थ्यमा पर्छ गम्भीर असर