महिनावारी हुँदा महिलाले ध्यान दिनुपर्ने कुराहरु

हाम्रो समाजमा अहिले पनि महिनावारी भएका बेला अझै पनि महिला प्रती home गर्ने ब्यवहार परिवर्तन भएको छैन । हामी जतिसुकै पढेलेखेको भए पनि महिनाबारी हुँदा बार्ने चलन सबैतिर छ । अझ बढी त जनजाती समुदायमा भन्दा खस छेत्री समाजमा बढी छ । महिनावारी हुन्ने वित्तिकै परीवार बाट अलग राख्ने, छुन नदिने र दाजुभाईलाई हेर्न नहुने भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा जिवित नै छ । महिनबरी आम महिलामा हुने सामान्य प्रकृया हो । तर पनि सामान्य कुराहरुमा हामीले ध्यान नपुर्यौदा ठुलो समस्या पनि आउन सक्छ । महिनावारीमा महिलाहरुले ध्यान दिनुपर्ने कुराहरू –
महिनावारीका बेला सफाइमा बढी ध्यान पुर्‍याउनुपर्छ । कतिपयमा महिनावारी हुँदा चार दिनसम्म नुहाउनुहुँदैन, यस्तो बेला फोहोरी भएर बस्दा पनि केही फरक पर्दैन भन्ने सोचाइ हुन्छ । यो गलत सोच हो । यस्तो बेला किशोरीहरूको योनिबाट रगत बग्छ तथा कतिपयलाई शरीरबाटबढी पसिना आउँछ । यसबाट शरीर गन्हाउँछ । त्यसैले दिनहुँ नुहाउनुपर्छ । महिनावारीका बेला रगत सोस्ने कपडा वा प्याड बेला(बेलामा फेर्नुपर्छ । प्याड फेर्नुअघि गुप्ताङ्ग साबुनपानीले राम्रोसँग पखाल्नुपर्छ । प्याडका रूपमा कपडाको प्रयोग गरी पुनः प्रयोग गर्ने भए त्यो कपडालाई साबुनले धोएर घाममा सुकाउनुपर्छ । घामको किरणले जीवाणु मार्न सहयोग पुर्‍याउँछ ।
महिनावारीका बेला केही छुनुहुँदैन, अलग्गै सुत्नुपर्छ नत्र पाप लाग्छ भन्ने कुरा अन्धविश्वास हो । सफाइमा ध्यान पुर्‍याए खाना पकाउन वा अरूलाई छुन हुन्छ । कसैसँग सँगै बस्दा वा आफ्नो ओछ्यानमा सुत्दा केही फरक पर्दैन । कुनै(कुनै किशोरीको महिनावारी हुनुअघि वा भैसकेपछि योनिबाट सेतो पानी बग्छ । यस्तो हुँदा आत्तिनु वा चिन्ता गर्नुपर्दैन तर पानी धेरै बगे, योनि चिलाउने वा पोल्ने समस्या देखिए तुरुन्त स्वास्थ्यसंस्थामा गई उपचार गराउनुपर्छ । महिनावारीका बेला धेरै हलचल गर्दा बढी रगत बग्छ भन्ने सोच पनि ठीक होइन । अझ हल्का कसरत गर्न सके शरीरका सबै भागमा राम्रोसँग रगत संचार हुन्छ । कसरतले पेटको मांसपेशीलाई बलियो पार्छ जसले गर्दा महिनावारीका बेला कम्मर दुख्ने समस्या धेरै कम हुन्छ ।
महिनावारीका बेला कसै(कसैको तल्लो पेट नराम्रोसँग दुख्छ । यसरी पेट दुखे तातोपानी हालिएको रबरको थैली वा सिसीले सेक्नुपर्छ । पीडा कम गर्न सिटामोल खान सकिन्छ । यति गर्दा पनि पीडा कम नभए चिकित्सकको सहयोग लिनुपर्छ ।
बढ्दो उमेरका किशोरीहरूले प्रशस्त मात्रामा लौह तत्व तथा भिटामिनयुक्त खानेकुरा खानुपर्छ । यस्तो तत्व खास गरी हरिया सागपात, तरकारी, फलफूल वा गेडागुडीमा पाइन्छ ।
कतिपय किशोरी पढाइ वा कामको व्यस्तताका कारण आफ्नो महिनावारी हुने दिन बिर्सन्छन् । यस्तो भए क्यालेन्डरमा मिति चिनो लगाउनुपर्छ । महिनावारी ठीक/ठीक समयमा नभई धेरै ढिलो वा चाँडो हुने गरे स्वास्थ्यसंस्थामा गई जँचाउनुपर्छ ।
महिनावारी हुने समयमा हार्मोनका कारण अनुहार तैलीय हुन्छ । त्यसैले कतिपयको अनुहारमा डन्डिफोर आउँछ । डन्डिफोर कम गर्न बेसन वा मकैको मसिनो पीठो लगाई चिसो पानीले दिनको ३/४ पटक अनुहार धुनुपर्छ । महिनावारी महिलाको मातृत्वसँग सम्बन्धित एक जैविक प्रक्रिया हो ।

प्रकाशित : आइतबार, माघ १०, २०७२०७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पानि पिउनुको फाईदा यस्ता छन