पानि पिउनुको फाईदा यस्ता छन

Woman-Drinking-Waterजापानमा हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानी पिउने बानी लोकप्रिय छ । यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नयाँ पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत, आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ ।
पानी पिउने विधि
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५. जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन । हामी पनि नक्कल गर्ने कि ? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ । तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ ।
६. रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।
निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन
माथिको विधि अनुसार पानी पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ । यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ । दैनिक कति मात्रामा पानी पिउने भन्ने प्रश्नको उत्तर फरक फरक हुन सक्छ । स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवश्यकता पर्दछ ।
केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ । मानव शरीरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ । पानीले नै हो शरीरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउछ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ ।

प्रकाशित : आइतबार, माघ १०, २०७२०८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिसाव पोल्ने समस्या समाधानका ९ घरेलु उपाय जानी राखौ