जाडो समयमा दाउरा बालेर आगो ताप्दा खतरा ! जान्नुहोस् किन?

जाडो महिनामा चिसोबाट बच्न धेरैजसो मानिसहरु आगोको मद्दत लिन्छन्। ग्रामीण क्षेत्रमा यस्ता चिज देखिने गरीन्छ। सुकेको दाउरा बालेर मान्छेले हात-खुट्टा सेकाउने गर्छन्। यस्ता चिजले तातो बनाउन त मद्दत गर्छ। तर यसका साथ-साथै हाम्रो स्वास्थको लागी हानीकारक हुन्छ। केही मान्छे यस्ता हुन्छन् की बन्द कोठामा पनि आगो बाल्छन्।

वास्तवमा, आगो बल्दा अगोबत एक खतरनाक र विषालु ग्यास कार्बन मोनोअक्साइड निक्लिन्छ। जुन हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यस्तो बन्द कोठामा यसको प्रयोग गर्नुहुदैन, साथै खुला वातावरणमा पनि यो ग्याँसबाट बच्ने प्रयास गर्नुपर्छ।

आगोले कसरी असर गर्छ ?

विशेषज्ञहरुका अनुसार यदि कुनै ठाउँमा कोइला र काठ जलाउनुहुन्छ भने त्यहाँ भेन्टिलेशनको व्यवस्था गर्नुपर्छ। यदि हावा बाहिर निक्लिने उचित प्रबन्ध छैन भने हाम्रो ज्यान जोखिममा पर्न सक्छ। यस्तो वातावरणमा हामीले अक्सिजनसंगै कार्बन मोनोअक्साइड पनि ग्रहण गर्न सुरु गर्छौं। कार्बन मोनोअक्साइड शरीरमा पुगेर हेमोग्लोबिनसंग मिलेर कार्बोक्सी हिमोग्लोबिनमा परीवर्तन हुन्छ।  हाम्रो रगतमा रहेको रातो रक्त कोशिकाहरू अक्सिजनको तुलनामा कार्बन मोनोअक्साइड भन्दा पहिले सामेल हुन्छ र यस्तो अवस्थामा तपाइको शरीरको रगतमा अक्सिजनको सट्टा कार्बन मोनोअक्साइड घुल्छ। त्यसपछि शरीरको भागहरूमा अक्सिजनको आपूर्ति  रोकिन्छ, त्यसैले कोशिकाहरू नष्ट हुन्छन् र मृत्युको सम्भावना बढ्न सक्छ।

प्रकाशित : बुधबार, पुष ०५, २०७४१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् से-क्सी देखिने ७ रहस्य: सेलिब्रेटीहरुले पनि फलो गर्छन् यो उपाय !