१. सेक्रेट मेकअप टिप्स: विभिन्न शहरहरुका केटीहरुमा हट र से-क्सी कसरी देखिने भन्ने पहिलो महत्वाकांक्षा हुन्छ । तर त्यहाँ निकै कम केटीहरू छन् जसले यो सपना पूरा गर्न सक्छन्। प्रायः केटीहरू यो भ्रममा पर्छन् की सेलिब्रेटीहरु र मोडलको जस्तै मेकअप गर्ने र उनीहरुको जस्तै मेकअप प्रोडक्टको प्रयोग गर्ने त्यसपछी हट र से-क्सी किन नदेखिने ? यदि तपाई त्यो तरिका पनि सोच्नुहुन्छ भने आज हामी तपाईलाई सेलिब्रेटीहरुको मेकअप गर्ने तरीका बताउँछौ ।
२.ओठ डार्क छ भने अनुहार लाइट: प्रायः महिलाहरुलाई मेकअप गर्ने समयमा आखाँ र ओठमध्ये एक चिजलाई डार्क र एक चिजलाई लाइट बनाउने बारेमा सोच्छन् । तर सेलिब्रेटीहरुले यसो गर्दैन। कृपया ध्यान दिनुहोस् कि यदि कुनै सेलिब्रेटीले आफ्नो ओठमा डार्क कलरको लिपस्टिक लगाए भने उनीहरुले अनुहारमा हल्का मेकअप गर्दछन्। यानि कि हल्का फाउंडेशन लगाएर अनुहारको दागलाई ढाक्छन्। यस्तो गर्नाले ओठ अनुहारमा अति आकर्षक देखिन्छ। जसले गर्दा तपाई हट देखिनुहुन्छ।
३.कन्सिलरको २ आकार: मोडेल र सेलिब्रेटीहरूले मेकअप गर्दा कन्सिलरको २ आकार बनाउँदछन्। यसले एक प्राकृतिक लुक दिन्छ। यदि तपाई पनि मोडेलहरू जस्तै देखिन चाहानुहुन्छ भने मेकअप गर्ने समयमा लाइट कन्सिलरलाई आखाँको छेउमा लगाउनुहोस् र डार्क कन्सिलरलाइ अनुहारको बाकी भागमा लगाउनुहोस्।
४.सेलिब्रेटी डाइट: सेलिब्रेटीहरू केवल मेकअपमा लाग्दैनन् । बरु, उनीहरु आफ्नो आहारामा विशेष ध्यान दिन्छन् । लगभग सबै सेलिब्रेटीहरूले आफ्नो दिन एक गिलास मनतातो पानीको साथ सुरु गर्छन् । एक गिलास पानी, त्यसमा एक चम्चा मह वा कागतीको रस हालेर पिउनाले हाम्रो पाचन प्रणाली स्वास्थ्य रहन्छ र अनुहारमा चमक पनि आउछ। एक दिनमा ५ देखि १० गिलास पानी, ताजा फल, नरिवलको पानी, हरियो सब्जी र जुस हरेक सेलिब्रेटीको आहारको भाग हो।
५. मनिंग वाक: अभिनेत्री सोनम कपूरले एक इन्टरभ्युको समयमा भनेकी थिइन् की फिट देखिनको लागी धेरै खर्च गर्न आवश्यक छैन। बरु हामी बिहान पैदलसँगै सुरु गर्न सक्छौं। यसका साथै हामीले हाम्रो आहारमा ध्यान दिन आवश्यक छ। भोजनमा केही प्रोटीन थप्नुहोस् र फास्ट फूडबाट जोगीनुहोस्। यदि तपाई पनि आफुलाई फिट देख्न चाहानुहुन्छ भने मर्निङ्ग वाक सुरू गर्नुहोस्।
६. लिप लाइनर महत्वपूर्ण: हाम्रो मोटो ओठले हामीलाई एक से-क्सी लुक दिन्छ। यदि तपाईको ओठ पातलो छ भने तपाईले यसलाई लिप लाइनरको मद्दतले मोटो बनाउन सक्नु हुन्छ। ध्यान राख्नुहोस् लिपस्टिक र लाइनरको रंग एउटै हुनुपर्छ। यसलाई सही ढंगले लागू गरे तपाई से-क्सी र हट देख्न सक्नुहुन्छ।
७.कपालको चमक: यदि तपाईको कपाल चम्किलो छैन भने तपाई आफ्नो कपालमा अनुहारमा लगाउने क्रीम लगाउन सक्नुहुन्छ। तर दैनिक मेकअप गर्दा यो टिप्स फलो नगर्नुहोस । यसले तपाइको कपाल बिग्रिन सक्छ।