हाम्रो शरीरको सबैभन्दा संबेदनशील , महत्वपुर्ण अँग आँखा हो र सबैभन्दा छिट्टो समस्या आउने अँग पनि आँखा हो। अहिले विश्वभरका लाखौ मानिसहरु आँखाको रोगि छन् र धेरै चस्माको प्रयोग गर्ने गर्छन । त्येसैले आँखाको हेरचाह हामीले राम्रोसँग गर्नु पर्दछ। यसको लागि हामीले भिटामिन तथा अन्य पोषणयुक्त खानेकुराहरुमा ध्यान दिनु पर्छ जस्तै :
१. भिटामिन भएका खानेकुराहरु :
हाम्रो शरीरमा भिटामिन धेरै अंगहरुलाई चाहिन्छ । हामीले ए, बी,सी र ई भिटामिन भएका खानेकुराहरुमा विषेश ध्यान दिनु पर्छ यसले हामीलाई मोतियाबिन्दुबाट मुक्ति बनाउन मदत गर्दछ ।
२. बदम र काजु खानुस :
बदम तथा काजु हाम्रो आँखाको लागि निकै राम्रो खानेकुरा हो । नियमित रुपमा काजु र बदमलाई पानिमा भिजाई बिहान खाने गर्नाले हामी आँखाको समस्याबाट मुक्त हुनसक्छौ ।
३. माछा :
माछामा ‘ओमेगा ३ फ्याटी यसिड’ जस्ता तत्वहरु हुने भएकोले हाम्रो आँखालाई धेरै फाइदा हुने गर्छ । यसले हाम्रो आँखालाई तेज बनाउने गर्छ ।
४. साग्सब्जी र फलफुल :
साग्सब्जी लगायत फलफुलमा धेरै भिटामिन हुने गर्छ जसले हाम्रो आँखाको ज्योति राम्रो र तेज बनाइराख्न अझ मद्धत गर्दछ भने यसमा हुने ‘केरोटीनाइड’ तत्वले हाम्रो आँखाको भित्रको भागलाई स्वास्थ्य राख्न मदत गर्दछ।
५. कुखुराको अण्डा :
कुखुराको अण्डाबाट हाम्रो आँखालाई धेरै फाइदा हुने गर्छ यसमा पाइने ‘ल्यूटिन व जीजेथिन्’ तत्वले हाम्रो आँखा तेज र राम्रो बनाउछ ।