एजेन्सी, डाक्टरहरुको अध्ययन अनुसार धेरै जोडीहरु आफुले चाहदा-चाहादै पनि सन्तान पाउन सक्दैनन् ।उनिहरुको जीवनशैली र स्वास्थ्यका कारणले सन्तान हुन सक्दैन कारणहरु यस्ता छन् :
१. जीवनशैली :
यदि हामीले हाम्रो जीवनमा धेरै मदिरा पान ,चुरोट र यस्तै लागूपदार्थहरु सेवन गर्ने गर्छौ भने यसले पुरुषमा स्पर्म काउन्ट घट्दै जान सक्छ र महिलामा यसको कारण पेटमा बच्चा नबस्न सक्दछ ।
२. उमेर :
पुरुषहरुको उमेर ३५–४० वर्ष पुगेपछि उनीहरुको स्पर्म काउन्ट कम हुदै जान्छ। त्यस्तै ४० बर्षको उमेरपछि महिलाहरुमा पनि हर्मोनको समस्य हुने भएकोले गर्भधारणमा समस्या उत्पन्न हुनसक्छ ।
३. मोटाउनु :
मोटोपनको कारणले गर्दा पुरुषमा स्पर्म काउन्ट घट्न सक्छ र उनीहरु कम्जोर हुदै जाने गर्छन । यस्तै महिलामा पनि समस्या देखा पर्न सक्छ जस्तै ओभरीमा बोसो बढ्दै जान्छ र अण्डा उत्पादन हुदैन् र यसले गर्भवती हुनमा असर गर्दछ।
४. संक्रमण :
धेरै जस्सो महिलाहरूमा ‘युरिन इन्फेक्सन’ , टीबी जस्तो रोगले पेटमा बच्चा नबस्न सक्दछ र यो समस्याले पुरुषको पनि स्पर्म काउन्ट कम हुनसक्छ।
५. डिप्रेसन :
मानिसहरुको जीवनमा धेरै तनाब र डिप्रेसन जस्तो कुराहरु अउने गर्दछ जसले पुरुषहरुमा स्पर्म काउन्ट र गुणस्तर कमजोर बनाऊदछ। महिलाहरुमा पनि यसको कारणले प्रोलेक्टीन नामक हर्मोन बढेदै जान्छन् र पेटमा बच्चा नबस्न सक्दछ।
६. काम
मानिसहरुको पेशाले पनि गर्भधारण क्षमतालाई असर पुर्याउँछ जस्तै गर्मिमा काम गर्नाले पुरुषमा स्पर्म काउन्ट घट्न सक्छ र महिलाहरुमा महिनावारीको समस्या उत्पन्न हुने गर्दछ।