एजेन्सी – मानिसहरुको यौन जीवन बर्बाद हुनुमा उनीहरुको रहन-सहनको कारण मात्र नभई ब्लडग्रुपको कारणले पनि हुन सक्ने टर्कीमा गरिएको सोधले जनाएको छ । पुरुषहरुमा मदिरापान, धुम्रपान, उमेर र तौलको कारणले गर्दा उनीहरुको यौन जीवनमा असर पर्ने गर्दछ ।
अध्ययन अनुसार O ब्लडग्रुप हुने पुरुषहरु भन्दा A , B र AB ब्लडग्रुप हुने पुरुषहरुमा नपुंसकताको खतरा बढी हुने गर्छ र थुप्रै अध्ययन अनुसार पुरुषहरु ४० वर्ष कटेपछि यस्तो खालको समस्याहरु देखिने गर्छ र यसको लागी भायग्राको प्रयोगले पनि असर नगरेको देखिएको छ ।