काठमाडौँ, हिन्दूहरुको महान चाँड दशैँ नजिकिदै छ । यो चाँडमा खसी र अन्य पशुपन्छीको मासुहरू अत्याधिक किनबेच हुने गर्दछ । साथै यही समयमा धेरै जसोलाई पशुपंक्षीजन्य रोगहरु सर्ने गर्दछ । भेटेरेनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर बोधनाथ अधिकारीका अनुसार काठमाडौँका विभिन्न खसीबजार र मासु पसलमा पशु चिकित्सक र प्राविधिकहरुको टोलीहरु खटाईएका छन् ।
जिउँदो खसी-बोका किन्दा रोग नलागेको, फुर्तिलो, पखाला नलागेको, रुघाखोकी नलागेको, घाँसपानी खाईरहेको छानेर किन्न आग्रह गर्नु भएको छ । नत्र बर्डफ्लू, एन्थ्राक्स, ब्रुसलोसिस, टिबी जस्ता रोगहरुको सिकार हुनुपर्ने र मासु काट्दा सरसफाईमा ध्यान दिनु आवश्यक रहेको डाक्टर अधिकारीले बताएका छन् ।