मानिसहरुमा धेरै मुटुको समस्याहरु देखिने गर्दछ । यसको जिम्मवार हामी आफै हुनसक्छौ । यस्तै मानिसहरु मुटुको रोगबाट बच्नको लागि धेरै प्रयत्न गरिरहेका हुन्छन् । हामीहरुले दैनीक रुपमा ब्यायम र हिड्ने गर्नु पर्छ भने हामीले अन्य कुराहरुमा पनि ध्यान दिनु पर्दछ जस्तै :
१. धूमपान त्याग्नुहोस् :
यदि हामीले धुम्रापन त्याग गर्छौ भने यसले हाम्रो स्वास्थलाई धेरै फाइदा हुने गर्छ । तपाइले चुरोट पिउन ,मदिरापान जस्तो कुराहरु छोड्नु भयो भने छोडेनु भएको दिनदेखि नै हृदयघातको खतराहरु तपाइको जीवनमा कम हुदै जान्छ ।
२. डाइटमा ध्यान दिने :
हामीले यदि अजैबाट डाइटसुरु गर्छौ भने यसले हाम्रो मुटुमा रोग लाग्ने खतरा न्यून हुदै जाने गर्छ। बिस्कुट, केक , चिल्लो र गुलियो खानेकुरा हामीले सक्दो नखाने प्रयास गर्छौ भने यसले हाम्रो मुटुमा असर पर्न सक्दछ। यसका लागि हामीले पर्याप्त रुपमा ताजा खाने कुराहरु खानु पर्छ।
३. तौलको ख्याल गर्ने गर्नुस :
एक अद्ध्यन अनुसार मोटो हुने मानिसहरुमा धेरै रोगको सम्भावना हुने गर्छ । त्येसैले हामीले आफ्नो तौलमा ध्यान दिनु पर्छ। मोटो मानिसहरुलाई धेरै मुटु र सुगर रोग हुने सम्भावना बढी हुने गर्दछ । त्येसैले दैनीक रुपमा दिनको ३० मिनेट हुड्ने गर्नुहोस। यसले तपाईको स्वास्थमा धेरै सुधारहरु आउने गर्दछ।
४. नुनको मात्रा कम गर्नुहोस :
नुनले उच्च रक्तचापको समस्याहरु पैदा गर्ने गर्छ । हामीले धेरै नुनिलो ,बदाम , प्याकेटमा राखिएको सुप र सस , टोम्याटो सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखाने प्रयास गर्नुपर्छ ।
५. मदिराको मात्रा कम गर्नुहोस् :
हाम्रो शरीरमा रक्सीको मात्रा बढ्नाले हाम्रो मुटुमा धेरै असर पुग्ने गर्छ र उच्च रक्तचापको समस्याहरु पैदा हुने गर्दछ। यदि तपाईलै रक्सिको लत लागेको छ भने तपाई यसलाई कम गर्न चाहनुहुन्छ भने दिनको एक प्याकमा सिमित गर्नुहोस।
६. तनावबाट मुक्त हुनु :
तनावले हाम्रो मुटुमा धेरै असर पुर्याउने गर्दछ यसबाट छुटकारा पाउनको लागि तपाई हरु धेरै व्यायम गर्न सक्नु हुन्छ यसले तपाइलाई फ्रेस महसुस गराउछ ।
७. रक्तचापको मात्र नियमित रुपमा परीक्षण गर्नु :
नियमित रुपमा रक्तचापको परीक्षण गर्नाले तपाइको स्वास्थमा सुदर हुन सक्छ किनभने यदि तपाईमा उच्च रक्तचाप छ भने तपाइको मुटुमा समस्याहरु देखिने गर्दछ। यसको लागि तपाइले दैनीक रुपमा हिड्ने र ब्यायम गर्ने बानी गर्नु पर्दछ।