मानिसहरु धेरै आफ्नो तौलको टेन्सन लिने गर्दछन् । मोटोपन हुनुको धेरै बेफाइदाहरु छन् जसले गर्दा मधुमेह ,रक्तचाप रक्तकोलेस्टेरोल जस्ता रोगहरु निम्ताउने गर्दछ। त्येसैले सबै मानिसहरु आफ्नो तौल घटाउन चाहनछन् ।
मोटोपन घटाउदा ध्यान दिनु पर्ने कुराहरु :
१. हामीले सधै उसिनेको खाना खानु हुदैन। हामीले स्वादका लागि मरमसलाहरूको प्रयोग गरेर पनि खान सक्छौ तर हामीले नुनको मात्रा कम नै बनाउनु पर्दछ ।
२. यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान बेलुका हिड्ने गर्नुहोस।यसले तपाइको स्वास्थ्य पनि राम्रो हुन्छ।
३. हामीले ३-४ पल्ट भन्दा बढी खाना खानु हुदैन यसले हाम्रो मोटोपन बड्ने गर्दछ। यसको सट्टा हामीले सूप खाने गर्यो भने हाम्रो पेट चाँडै भरिन्छ र हामी अन्य खानेकुराहरु कम खान्छौ।
४. हामीहरुले डाइटिङ गरेको ५-७ दिनमा हामीलाई धेरै मिठो, अमिलो ,क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्छ। यो कुराहरु हामीले सक्दो नखाने कोसिस गर्नु पर्छ ।
५. हामीले दिनमा धेरै पानी पिउने बानी गर्नु पर्छ यसले हामीलाई धेरै रोगहरुबाट मुक्त हुन मदत गर्छ।
६. हामीहरुले बिहान- बेलुका व्यायाम गर्ने बानी गर्नु पर्छ। यसले हाम्रो शरीरलाई स्वच्छ र फूर्तिलो बनाउँछ।
७. हामीले थोरै क्यालोरी दिने खानेकुराहरु खानु पर्छ जस्तै गाजर, काँक्रो, कागतीको सर्बत आदि यसले हाम्रो तौल बढ्दैन।