महिलालाई मात्र हुने एक पीडादायी समस्या, सबैले जान्न जरुरी

उमेरसंगै स्त्रीहरुमा हर्मोन पनि परिवर्तन हुदै जान्छ। रजस्वला हुनु भन्दा एक वा दुई हप्ता पहिले हर्मोन परिवर्तन हुन्छ र यो क्रममा देखिने स्वास्थ्य समस्यालाई प्रिमेन्सचुरेशन सिन्ड्रोम (प्म्स) भनिन्छ। अनुसन्धान अनुसार ७५ % युवा अवस्थामा रहेका स्त्रीहरु समस्याले पीडित हुन्छन। यो समस्या स्त्रीहरुमा हुने भएकाले पुरुषहरुले पनि जान्न जरुरि छ ।

कसलाई र किन हुन्छ PMS ?
यो समस्या २० वर्ष देखि ४० वर्षसम्मका स्त्रीहरुलाई हर्मोनल परिवर्तनक कारणले हुने, गर्भवती हुनु अगाडी पनि यो समस्या आउने र वंशाणुगत पनि यो समस्या हुन्छ।

संकेत कस्तो देखिन्छ?
अैठन हुने, पेट, खुट्टा बाउँडिने र ढाड दुख्ने, थकित महसुस् हुने, शरिरका विभिन्न अंग सुन्निने, टाउको दुख्ने र छाला सम्बन्धी समस्या आउन सक्छ।

उपचार विधि ?

फलफुल, हरियो सागपात र शाकाहारी खानाको सेवन,दैनिक ८ घण्टा सुत्ने र नियेमित ३० मिनेट जति योगा, कसरत गरियो भने यो समस्या कम गर्न सकिन्छ।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४१०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भनिन्छ चिन्ताले मान्छेलाई चितामा पुर्या‍उँछ, यस्ता छन् चिन्ताले निम्त्याउने ७ समस्याहरु