भनिन्छ चिन्ताले मान्छेलाई चितामा पुर्या‍उँछ, यस्ता छन् चिन्ताले निम्त्याउने ७ समस्याहरु

भनिन्छ चिन्ताले मान्छेलाई चितामा पुर्या‍उँछ । चिन्ताकै कारणले शारीरिक तथा मानसिक रोगहरुलाई  निम्ताउने गर्दछ । यो स्वास्थ्यका लागि पनि निकै घातक मानिन्छ ।

१. यौनजीवनमा असर  पुर्याउने गर्छ :

धेरै पुरुषहरुमा चिन्ता लिनुको कारणले गर्दा शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुदै जानसक्छ ।यसको कारणले  शरीरमा बिकसित हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गराई दिन्छ ।

२. रोग निम्त्याउँछ :

विभिन्न अनुसन्धानको अनुसार चिन्ताले थुप्रै किसिमको रोगहरु निम्त्याउँने गर्छ। यसको कारणले उच्च रक्तचाप, मधुमेहजस्ता रोगहरु लाग्न सक्छ।

३. कपाल झर्न थाल्छ :

कपाल झर्नुको मुख्य कारण भनेको धेरै चिन्ता लिनु मानिन्छ।  यसको कारणले शरीरमा कोर्टिसोल हार्मोन उत्सर्जन हुन सक्छ जसले गर्दा कपालका जरा कम्जोर हुन्छन र झर्ने गर्छन।

४. दाँत बिग्रिन्छ : 

चिन्ता लिँदा दाँत खिइने र  गिजामा समस्या आउन सक्छ ।

५. मुटु कमजोर हुनु :

हामीले चिन्ता  लिँदा हाम्रो मुटुको  स्ट्रेस हार्मोनले  मुटुको धड्कन  बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउने गर्छ।  यसले हाम्रो मुटु निकै कमजोर बनाउछ।

६. दिमागमा असर पुर्याउछ :

चिन्ताले हाम्रो दिमागमा धेरै असर गर्दछ र यसले हिप्पोक्यामस भन्ने भागलाई “ड्यामेज” गर्ने गर्दछ।  यसले गर्दा मानिसहरुमा स्मरण गर्ने शक्ति हराउदै जानसक्छ ।

७. शरीर दुख्ने :

हामीले चिन्ता लिँदा हाम्रो शरीरको हड्डीमा खनिजकोे मात्रा घट्न सक्छ जसले गर्दा जीउ दुख्ने जस्तो समस्याहरु उत्पन्न हुन सक्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दम रोगबाट छुटकारा पाउन के गर्ने ? यस्ता छन् रोकथामका घरेलु उपायहरु