केही समयअघि स्पेनको युनिभर्सिटि अफ बार्सिलोनाले गरेको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने निस्कर्समा पुगेको थियो। महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको परिवर्तनको कारण लेवल विग्रीन जान्छ र ओभरी गाठो पर्दै जान्छ अनि पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ ।
बाझोपन हुनुमा हर्मोन बाहेक अन्य थुप्रै कारणहरु पनि छन् जस्तै :मोटोपन,अस्वस्थ खाना, नियेमित गर्ब निधारक औसधिको प्रयोग, मधुमेह र वंशाणुगत गुणहरुले फर्टिलीटि घटाऊदै जानुका साथै अनियमित रुपमा महिनावारी गराउनु का साथै हृदयघात सम्मको उच्च सम्भावना गराउने बिशेसज्ञहरु बताउछन्।
पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षणहरु यसप्रकार छन् :
- धेरै लामो समयसम्म डन्डिफोर आउनु
- अनुहारमा अनावश्यक रौहरु देखा पर्नु ।
- डिप्रेशन जस्ता समस्या बढ्दै जान्छ ।
- तौल बढ्ने तथा घट्ने तिब्र गतिले हुन्छ।
रोकथाम तथा बच्ने उपायहरु यस प्रकार छन् :
- माछा,मासु र चिल्लो पदार्थयुक्त खानेकुरा खान नहुने ।
- धुम्रपान र सुर्तिजन्ये बस्तुको प्रयोग नगर्ने।
- सधै व्यायाम, योगा गर्ने ।
- हरियो सागपात, बदाम काजु, फलफुल,गेडागुडि र प्रोटिनयुक्त खाने कुराहारू खाने ।