एजेन्सी – नितम्ब ठूलो हुने महिला स्वस्थका हिसाबले निकै भाग्यमानी हुने कुरा एक अध्ययनले जनाएको छ । वजन ठिक्क भएका तर जिउको अन्य भागको तुलनामा नितम्बको आकार ठूलो भएका मानिसहरु खास गरी महिला समग्र स्वास्थ्यको दृष्टिले पनि भाग्यमानी तथा सुरक्षित हुने उक्त सोधको निष्कर्ष छ ।
सेल रिसर्च जनलमा छापिएको एक सोधका अनुसार वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ । सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।
तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन । विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।
किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ ।