एजेन्सी- आज अंग्रेजी महिना अगस्टको पहिलो आइतबार अर्थात् विश्व मित्रता दिवस । यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् । मित्रता एउटा यस्तो सम्बन्ध हो जसलाई रगतको सम्बन्धको आवश्यकता छैन । यदि साथी भएनन् भने हाम्रो जीवन कस्तो होला, त्यसबारे सोच्न पनि गाह्रो छ । हुन त साथीहरुसँग हुँदा हरेक दिन फ्रेन्डशिप डे हो तर हरेक वर्ष अगस्टको पहिलो आइतबार अन्तर्राष्ट्रिय फ्रेन्डशिप डे मनाइन्छ ।
मित्रताको प्रतिकको रुपमा चिनिने यो दिनको सुरुवात सन् १९१९ मा सबैभन्दा पहिले हलमार्क कार्डका संस्थापक जोस हलले मित्रतालाई मनाउनुपर्ने सुझाव दिएका थिए । सन् १९३५ मा पहिलो पटक यूनाइटेड स्टेट्स कांग्रेसले अगस्टको पहिलो आइतबारलाई फ्रेन्डशिप डे मनाउने घोषणा गरेका थिए । तर यसलाई पहिलो पटक अमेरिकामा मनाइएको थियो ।यो अवसरमा साथीहरुलाई फ्रेन्डशिप ब्यान्ड, कार्ड, गिफ्ट दिइन्छ । सन् १९९७ मा मिल्नको कार्टून भूमिका विन्नी द पूहलाई संयुक्त राष्ट्रले मित्रताको अन्तर्राष्ट्रिय दूत चयन गर्यो । नेपालमा अगस्टको पहिलो आइतबारलाई फ्रेन्डशिप डे मनाइन्छ तर दक्षिण अमेरिकी देशमा जुलाई महिनालाई निकै पवित्र मानिन्छ त्यसकारण जुलाईको अन्त्यमा नै यो दिन मनाइन्छ । करिब ६० वर्ष पहिले सन् १९५८ मा पहिलो पटक फ्रेन्डशिप डेले अन्तर्राष्ट्रिय मान्यता प्राप्त भयो जब दक्षिण अमेरिकाको थुप्रै देश विशेषगरी पराग्वेमा फ्रेन्डशिप डे मनाइएको थियो । यसैगरी ब्राजिल, अर्जेन्टिना, इक्वाडो र उरुग्वेजस्ता देशमा हरेक वर्ष २० जुलाईमा फ्रेन्डशिप डे मनाइन्छ ।
यसरीनै ‘फ्रेन्डसिप डे’ को प्रचलन बिश्वभर चलिआएको हो ।