तपाईको यी चार खराब बानी: जुन स्वास्थ्यको लागि घातक

काठमाडौँ, साउन ११ – हामीले सबैले त्यति ध्यान नदिएका र घाटायोग्य नठानेका केही सामान्य बानीव्यहोरा समेत हाम्रो लागि निकै घातक सावित हुन्छन् । जस्तै:

१. झुट बोल्नु : अधिकांश व्यक्तिहरुले सानो-सानो कुरामा झुट बोलिरहेको हुन्छ । तर यसरी झुट बोल्दा जोसँग झुट बोलेको हो त्यो व्यक्तिलाई असर नभई आफैलाई मानसिक रुपमा असर पर्ने गर्दछ । झुट बोल्ने बानिले व्यक्ति स्वयमलाई तनावमा फसाउछ। झुट बोल्दा अनावश्यक रुपमा तनाव पैदा हुने।टाउको दुख्ने हुन्छ।

२. खाजा खाने समयमा काम गरिरहनु : जतिसुकै व्यस्तता भएपनि आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नु अति आवश्यक हुन्छ। खाजा खाने समयमा अफिसको कुर्सीमा बसिरहने र त्यहीँ खाजा मगाएर खाने बानीले तपाइँलाई नराम्रो असर गर्छ । विज्ञहरुका अनुसार खाजा खाने समयमा पनि कार्यकक्षमै बस्ने बानीले व्यक्तिमा तनाव बढाउँछ । अध्ययनले के देखाएको छ भने कार्यालयको कार्यकक्षमा ट्वाइलेटमा भन्दा ४ सय गुणा बढी किटाणु हुने गर्दछ ।

३. घरायासी काम नगर्ने: कतिपय व्यक्तिहरु घरको काम गर्दै नगर्ने हुन्छ। यस्तो बानीले व्यक्तिलाई रोगि बनाईरहेको हुन्छ। आफ्नो स्वास्थ्य स्वस्थ राख्नको लागि चाहे महिला होस् वा पुरुष दुबैले खाना पकाउने, घर सफा गर्ने, लुगा धुने जस्ता घरधन्दा गर्नैपर्ने हुन्छ। यसले शरीरमा स्टे्रस हर्मोनको मात्रा घटाउने, आनन्द महसुस गराउने फाइदा प्रदान गर्दछ ।

४. साथीहरुसँग झुट बोल्ने, साथीसँग तर्किने :  वास्तवमा मानसिक शान्ति तथा स्वास्थ्यका लागि एकान्तमा बस्नु राम्रो हो तर सामाजिक स्वास्थ्यका लागि साथीहरुको संगत उत्तिकै महत्वपूर्ण हुन्छ । साथीसँग नमिल्ने, कहि जाने बेला बहाना बनाउने र एक्लै बस्न रुचाउने जस्ता बानीले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा नराम्रो असर पार्दछ । राम्रो सामाजिक सम्बन्धले व्यक्तिको मस्तिष्कलाई स्वस्थ राख्ने, डिप्रेसनको समस्या कम गर्नुको साथै तनाव घटाउँछ ।

 

प्रकाशित : बुधबार, साउन ११, २०७४१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट यी पाँच खानेकुरा खान सुरु गर्नुहोस्, यस्तो छ फाईदा