काठमाडौँ, अधिकांस मानिसहरु आफ्नो तौल घटाउनको लागि बजारमा पाइने अनेक थरिका औषधि वा तौल घटाउने मेशिन प्रयोग गर्ने गर्छन । तर यसरी मेशिन वा औषधि सहि तरिका अपनाएर प्रयोग नगर्दा शरीरलाई झनै असर पुर्याउने गर्दछ। यदी तपाई मोटो भएर चिन्तित हुनुहुन्छ भने घरमै बसी यस्ता खाने कुराहरु खान सुरु गर्नुहोस जसले तपाइको पेटको बोसो बिस्तारै घटाउने गर्दछ।
१. दालचिनी: यदी तपाईले बिहानको खाजा खानु भन्दा पहिले र राति सुत्नुभन्दा पहिले दालचिनीको प्रयोग गर्नुभयो भने यसले फाइदा पुर्याउने । १ कप पानीमा १ चम्चा दालचीनी पाउडर मिसाएर दैनिक २ पटक प्रयोग गर्दा केहि दिनमा यसको असर देखिनेछ।
२. स्याउः स्याउमा पोटासियम पाइने भएकोले यो खादा शरीरमा बढिरहेको बोसो कम हुन्छ ।
३. ग्रीन टीः पछिल्लो समय ग्रिन टी निकै लोकप्रिय बनेको छ। ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा भएको अत्यधिक बोसो कम गर्न मद्दत गर्दछ ।
४. लसुनः लसुनको सेवनले शरिरमा ति हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । त्यसैले दैनिक खान खादा लसुन खाने गर्नुहोस । साथै यसले प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्ने काम गर्दछ ।
५. केराः यदी तपाई बजारमा पाइने फास्ट फूडमा खर्च गर्दै हुनुहुन्छ भने आजैबाट त्यस बानि त्यो बानि छोडेर केरा खान सुरु गर्नुस। जसले तपाइको शरीरलाई स्वस्थ राख्नुको साथै तौल कम गर्न मद्दत गर्दछ । केरामा पोटासियम पाइने भएकोले यसले मोटोपन कम गर्दछ।