दुध पिउनु हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हो। दुधले हामीलाई कैयौं बिमारीबाट बचाउँछ र यसले हड्डीलाई पनि बलियो बनाउँछ। तर के तपाइंलाई थाहा छ, तपाईं यदि दुध यी कुराहरुसंग सेवन गर्नुहुन्छ भने तपाइंको स्वास्थ्यलाई खतरा हुन सक्छ। यदि थाहा छैन भने जन्नुहोस-
१. हामीले कहिल्यै पनि दुध खानासंग सेवान गर्नु हुदैन किनभने यो छिट्टै दाइजेस्ट हुन सक्दैन। त्यसैले यसलाई जहिल्यै पनि छुट्टै पिउनुपर्छ।
२. हामीले दुधसंग कहिल्यै नुनको प्रयोग गर्नु हुदैन। यसो गरेमा दुबी रोग (सेतो रोग) हुने सम्भाबना बढछ।
३.दुध र मासुजन्य पदार्थ (नन-भेज) दुबैमा अत्याधिक प्रोटिन हुन्छ। यदि हामि दुवै कुरा एकैसाथ सेवन गर्यौं भने हाम्रो शरीरमा पोषक तत्व धेरै हुन्छ जस्ले गर्दा हाम्रो शरीरमा धेरै असर पर्न सक्छ।
४. माछा हाम्रो कपाल र आखाँको लागि राम्रो हो। यदि हामिले माछा दुधसंग खायौं भने हाम्रो पेटमा पोइजन बन्ने गर्छ जसले पाचन शक्ति कम गर्ने, पेट दुख्ने जस्ता समस्याहरु निम्त्याईदिन्छ।
५. चिसो दुधको सेवन गर्नु पनि स्वास्थ्यको लागि हानिकारक हो।