शरीरको बोसो घटाउन खानुहोस् यी खानेकुरा…

एजेन्सी यदी तपाइलाई आफु मोटो भएर तनावमा हुनुहुन्छ भने अब चिन्तित नहुनुहोस । अब तपाई घरमै बसेर शरीरको तौल घटाउन सक्नुहुनेछ ।

शरीरको बोसो घटाउन खानुहोस् यी खानेकुरा :

– ग्रीन टी, ऐसेलु तथा नरिवलको पानी सेवनले शरीरलाई स्वस्थ र मोटोपना गर्दछ । ग्रीन टीले शरीरमा बोसोको दोहन गराउन सहयोग गर्दछ । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।

– कागतीको नियमित सेवन गर्दा कलेजोको विषाक्त पदार्थ निस्कासन गरि शरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । जसले गर्दा  मोटोपना घट्दछ ।

– मोटोपना घटाउन काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन गर्दा लाभदायी हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउदछ ।

 

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१७:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पालुंगोको औषधीय गुण