पालुंगोको औषधीय गुण

एजेन्सी , हामि सबैले खाने सागसब्जी मध्य पालुंगोको साग पनि एक हो । पालुंगोको साग खानमा स्वादिलो मात्र हैन,स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ । पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत भएकोले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ भन्ने गरिन्छ ।

पालुंगोमा हुने औषधीय गुण :

– १ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा , २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, ०।७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।

–  हरेक विहान नियमित रुपमा नरिवल पानीमा पालुंगोको सागको रसलाई मिलाएर पिउनाले पत्थरी हटाउन सहयोग पुग्छ ।

– जण्डिस भएका व्यक्तिहरुले पालुंगोको सग काँचै चपाउदा फाइदाजनक हुन्छ ।

– दिनहुँ पालुंगोको साग सेवन गर्दा रक्तचाप कम हुने समस्या भएकाहरुलाई सहयोग पुग्दछ । साथै नियमित पालुंगोको साग खानाले स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुने गर्दछ  ।

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् हिडाईका आश्चर्यचकित पर्ने १२ फाइदा, जानी राखौँ !