किन आउछ मुखबाट अमिलो पानी ?, खतरा हुने सम्भावना र उपचार बिधिसहित

एजेन्सी – धेरैजसो मानिसहरु मुखबाट अमिलो पानी निस्कने समस्याबाट ग्रसित छन् । प्राय बिहान उठ्नेबितिक्कै यस्तो समस्या देखिने गर्दछ । पेटमा रहेको एसिड लगायत तरल पदार्थ खाना जाने नली हुदैं माथि आउनाले यस्तो समस्या हुने गर्दछ । खाना जाने नली तथा खाना सञ्चय हुने पेटको बीचमा मांसपेशीले कस्सिलो बनाएको हुन्छ । जस्को कारणले गर्दा एसिड माथि आउन सक्दैन । तर पेटसम्बन्धि केही समस्या देखिएमा मांसपेशी खुकुलो हुन गई एसिड माथि आई मुखबाट अमिलो पानी निस्कने समस्या हुने गर्दछ ।
यस्तो समस्याबाट हुने रोगहरु 
१) अम्लपित्त
२) अल्सर
३) रिफ्लक्स रोग
४) खाना नलीको मांसपेशीको समस्या
५) पित्तथैलीमा पत्थर वा पित्तथैलीको अन्य समस्या
६) आन्द्राहरु माथि फोक्सोतिर आउने समस्या

अरु लक्षणहरु 
मुखबाट अमिलो पानी आउने समस्या हुँदा निम्न लक्षणहरु पनि देखिन्छन् ।
१) वाकवाकी लाग्नु
२) वान्ता हुनु
३) दुब्लाउनु
४) खान मन नलाग्नु
५) छाती पोल्नु
६) घाँटी दुख्नु
७) निल्न गाह्रो हुनु
८) खोकी लाग्नु
९) दाँतको रंगमा परिवर्तन आउनु
खतरा हुने सम्भावना भएका  लक्षणहरु 
यदि तपाइँलाई अमिलो पानी आउनुको साथै निम्न लक्षणहरु देखिएमा तुरुन्तै डाक्टरकहाँ गई जँचाउनुहोस् ।
१) दिसा कालो रंगको आउनु
२) सहनै नसक्ने गरी पेट दुख्नु
३) धेरै तौल घट्नु
४) वान्तामा रगत देखिनु

जाँच गर्ने तरिका 
मुखबाट अमिलो पानी निस्कनाको कारण थाहा पाउनको लागि तपाइँले अस्पतालमा गई विभिन्न जाँचहरु गराउनुपर्ने हुन्छ । इन्डोस्कोपीको मद्धतले अम्लपित्त , अल्सर जस्ता रोगहरु पत्ता लगाउन सकिन्छ ।

निको पार्ने उपाय 
यस समस्याबाट बच्नको लागि चिकित्सकको सल्लाह बमोजिम एसिड बन्ने प्रक्रियालाई कम गर्ने वा एसिडबाट हुने असरलाई न्युनीकरण गर्ने विभिन्न औषधिहरुको सेवन गर्न सकिन्छ । त्यसैगरी यस समस्याबाट छुट्कारा पाउनको लागि शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ । रोग निको भएपछि पनि फेरि बल्झिन सक्नेहुँदा तपाइँले खानपीनमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

अपनाउनुपर्ने सावधानी 
१) रक्सी , चुरोट आदिको सेवन नगर्ने
२) धेरै तौल नघटाउने
३) अमिलो पिरो सकेसम्म नखाने
४) धेरै कफी नपिउने
५) घोप्टो परेर नसुत्ने
६) तकियालाई माथि उठाएर मात्र सुत्ने
७) धेरै समयसम्म भोकै नबस्ने
८) एकैचोटि धेरै नखाने
९) खाना खाएको ३ घण्टापछि मात्र सुत्ने

प्रकाशित : शुक्रबार, माघ २८, २०७३१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ मिनेटमै घाँटी,काखी तथा तिघ्रामा भएको कालो दाग धब्बा हटाउने घरेलु उपाय