१५ मिनेटमै घाँटी,काखी तथा तिघ्रामा भएको कालो दाग धब्बा हटाउने घरेलु उपाय

 एजेन्सी – प्रायजसो घाँटी , काखी , तिघ्रामा भएको रौं लाई मैन तथा विभिन्न वस्तुको प्रयोग गरी हटाउने हुनाले यस्तो ठाउँमा कालो धब्बा देखिने गर्दछ । त्यसैगरी मोटोपन , मधुमेह , पेट र आन्द्रा सम्बन्धि रोग भएका तथा हर्मोनसम्बन्धि उपचार गर्दै गरेका धेरैजसो मानिसहरुलाई छालामा कालो धब्बाको समस्या हुने गर्दछ ।

मानिसहरु यस समस्याबाट छुट्कारा पाउन सौन्दर्य प्रशाधनको प्रयोग गरी धेरै पैसा खर्च गर्ने गर्दछन् । तर कहिलेंकाही छालासम्बन्धि समस्या हटाउन बनाइएका उत्पादनहरुको कुनै असर नभई पैसा खेर जान सक्छ । आज हामी तपाइँलाई छालामा हुने कालो धब्बाको समस्याबाट मुक्ति पाउने धेरै नै सजिलो उपायबारे जानकारी दिन्छौं ।
जसलाई अपनाई छालाको दाग वा कालो धब्बा हट्ने मात्र नभई तपाइँको छाला चम्किलो तथा स्वस्थ भई जवान पनि देख्न सक्नुहुन्छ । कालो धब्बा हटाउने विधिहरु निम्नानुसार छन् । :

पहिलो विधि :
आवश्यक सामाग्रीहरु :
१) १ चम्चा नुन
२) १ चम्चा जैतुनको तेल
३) १ चम्चा बेकिङ्ग सोडा

बनाउने तरिका :
एउटा प्लाष्टिक कचौरामा माथिका सबै सामाग्रीहरुलाई राखेर राम्ररी मिसाउनुहोस् । त्यसपछि यसलाई कालो धब्बा भएको छालामा लगाउनुहोस् । र २० मिनेटसम्म त्यसै छोडि चिसो पानीले पखाल्नुहोस् ।

दोस्रो विधि :
आवश्यक सामाग्रीहरु :
१) कमेरो ( व्हाइट क्ले )
२) दुध
३) कागती

बनाउने तरिका :
सबैभन्दा पहिला एउटा कचौरामा कमेरोलाई हाल्नुहोस् । त्यसपछि यसमा दुध र कागतीलाई हाली राम्ररी मिसाउनुहोस् । यसलाई छालाको कालो धब्बा भएको ठाउँमा राख्नुहोस् । र १५ मिनेटसम्म त्यसै छाड्नुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु :
१) तपाइँले जुन उपचारलाई अपनाउनु भएपनि हप्तामा ३ पटक दाग नहटेसम्म प्रयोग गर्नुहोस् ।
२) यसको उपचार गरिराख्नु भएको समयमा घामबाट भने टाढा रहनुहोस् ।
३) उपचारको समयमा भिटामिन ई भएको खाद्यपदार्थ खानुहोस् । र प्रशस्त मात्रामा पानी पिउनुहोस् ।
४) दुधको तर झिकेर मात्र प्रयोग गर्नुहोस् । र यस मिश्रणमा थोरै नरिवलको तेललाई पनि मिसाउन सक्नुहुन्छ ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७३१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी २ दिनमै अनुहार रातो हुने समस्या हटाउनुस्, अनि अरुको अगाडि लात्जित हुनबाट सधैँका लागि बच्नुस्