तौल घटाउन नियमित गोलभेँडाको जुस

एजेन्सी , हामी सबै जो कोहि पनि आफ्नो शरीर आकर्षक र मिलेको बनाउन चाहन्छौ । त्यसमाथि पनि झन गर्मि मौसमको लागि विभिन्न डिजाइनका  कपडा लगाएर हिड्न कसलाई पो रहर हुदैन र ? यदी तपाई वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउदै हुनुहुन्छ भने अब तपाई घरमै बसेर आफ्नो तौल घटाउन सक्नुहुन्छ । तपाईको शरीर मोटो छ र मन परेको कपडा शरीरमा मिल्दैन वा सुहाउदैन भने अब चिन्ता नगर्नुहोस् । हामी तपाईलाई तौल घटाउने सजिलो घरेलु बिधि बताउछौ ।

गोलभेँडाको जुस नियमित पिउनाले शरिरको मोटोपना घटाउन सहयोग मिल्ने अनुसन्धानबाट पत्ता लागेको छ । गोलभेँडाको जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलजम पनि बढाउँछ अनि बोसो गलाउँछ । गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।

जुस बनाउने विधि :

    • पाकेको दुई वटा टमाटर लिने ,
    • आधी चम्चा धुलो मरिच र दुई चम्चा मह लिने,
    • टमाटरलाई मज्जाले पिस्ने,
    • पिसेको टमाटरको रसमा रस र मरिचको धूलो राखी मज्जाले घोल्ने ।
    • यसरी तयार गरिएको जुसलाई गिलासमा राख्ने र त्यसमा दुई चम्चा मह हल्नुहोस । अब जुुस तयार हुन्छ । यस्तो जुस प्रत्येक दिन बिहान खाली पेटमा पिउनुस् । यसो गर्दा तपाईको शरिरको माटोपना घट्दै जान्छ ।
प्रकाशित : आइतबार, माघ ०२, २०७३१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डाइटिसियनका ७ सुझावहरु जसले बनाउने छ केहि दिनमै स्लिम