डाइटिसियनका ७ सुझावहरु जसले बनाउने छ केहि दिनमै स्लिम

एजेन्सी , विश्वका जुनसुकै कुनाकाप्चा अथवा स्थानमा रहेका हरेक युवा पुस्तामा स्लिम अर्थात् जिरो फिगर होस् भन्ने चाहना सबैमा हुने गर्दछ । त्यस्तै गरि नेपाली समाजमा पनि फेसन डिजाइनको ज्ञानले गर्दा युवतीहरु स्लिम बन्न लालायित भएको पाइन्छ ।

आजकल फिल्मी दुनियाको प्रभावले युवा पुस्तामा स्लिम बन्ने चलन यसरी व्यापकभएको पाइन्छ ।  अधिकांश युवाहरु पनि स्लिम, दुब्ली,पातली, कम्मर छिनेकी केटीप्रति आकर्षित हुन्छन् ।  मोटाउनु स्वास्थ्यका लागि पनि राम्रो मानिदैन। त्यसैले स्लिम बन्नका लागि डाइटिङ अर्थात् कम खाने चलन बढ्दो छ । तर प्राय युवती वा युवाहरु स्लिम बन्ने बहानामा पानि मात्र पिउने गर्दछन् । तर यसो गर्नु स्वास्थ्यको लागि हानीकारक हो।

स्लिम बन्ने ७ फरक बिधि :

१. खाना खाँदा कम समयको अन्तर राखी कम्तीमा दिनको ४ पटक खाने तर एकदम कम खाने बानी बसाउनुपर्छ । बिहान उठेर खाजा खान जरुरी हुन्छ । खाजामा फापरको रोटी, जौ, तर निकालेको दूध, अण्डाको सेतो भाग र पर्याप्त मात्रामा फलफूल खानु पर्दछ।

२. हामीले दैनिक खाना खाँदा उचाइ र उमेरमा पनि ध्यान दिनु पर्ने हुन्छ । त्यसैले उचाइ र उमेरअनुसार खाना खाने गर्नुपर्दछ ।खाना खाँदा सागसब्जी,सलाद र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । मांशाहारीले सकेसम्म रातो मासु कम गरि कम तेल राखेर बनाएको कुखुरा र माछाका परिकार खानुपर्छ । मासु नखाने अथवा शाकाहारीले दही, तोफू, पनिर लगायतका खाद्यपदार्थ खाने गर्नुपर्छ । अतः ठिक्कको उमेर तथा उचाइ भएकाहरुले खानामा भात ३० देखि ४० ग्राम खाएमा तौल नियन्त्रण हुन्छ र शरीरलाई आवश्यक तत्व पनि पुग्छ ।

३. खाजाको समयमा भुजा,केराउ वा चनाको तरकारी तथा चिउरा र तरकारी खान सकिन्छ । सकेसम्म संभव भएसम्म मोही पिउने र फलफूल खान जोड दिने । फलफूलको फाइबर नै शरीरलाई आवश्यक पर्ने भएकोले फलफूल काटेर खाने गर्नुपर्छ ।

४. बेलुकाको खाना सकेसम्म ७-८ बजेको समयमा खाइसक्नुु पर्छ । साँझको खानामा भात भन्दा रोटी बढी खाने गर्नुपर्छ । खाना खाएको १\२ घण्टासम्म नसुत्ने, हिँडडुल गर्ने गर्नुपर्छ ।

५. एक दिनमा कम्तिमा ३ लिटर पानी पिउनु पर्छ ।

६. खाने कुरामा फाइबरयुक्त र कम फ्याट भएका जस्तै : आलु, तरुल, सखर खण्डलगायत गुलिया खानेकुराहरुमा जोड दिनु हुँदैन । चिया तथा कफी खानुपर्दा चिनीको सट्टा भेनिलाको एस्ट्रयाक प्रयोग गरे राम्रो हुन्छ ।

७. कमजोर मान्छेले कस्तो व्यायाम गर्ने, मोटो मान्छेले कस्तो व्यायाम गर्ने ? विभिन्न स्वास्थ्यमा समस्या भएकाहरुले कस्तो व्यायाम गर्ने ? सबैलाई एकैप्रकारको व्यायाम सहज नहुन पनि सक्छ । त्यसैले व्यायाम गर्दा सम्बन्धित डा. तथा विशेषज्ञको सल्लाहमा व्यायाम गर्नुपर्छ । व्यायाम गरि सकेपछि राति भिजाएर राखेको लोक्कल बदाम दूधमा राखेर खान सकिन्छ । जसले गर्दा स्वस्थ स्फूर्तीका साथै तौल नियन्त्रण गर्न मद्दत गर्दछ ।

प्रकाशित : आइतबार, माघ ०२, २०७३१४:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”