एजेन्सी – हामी पिसाब गरिसकेपछि शौचालयमा पानी हाली सफा गर्दछौं । तर कोही मानिसहरु लगातार पानी बगाई सफा गर्ने गर्दछन् । यदि तपाइँ पनि यसरी नै शौचालयमा निरन्तर रुपमा पानी फालि सफा गर्नु हुन्छ भने , तपाइँले धेरै पानी खेर फाल्दै हुनुहुन्छ । जस्ले गर्दा तपाइँको समय र पैसा दुबैमा नोक्सान हुन्छ ।
लगातार रुपमा पानी फ्याँकी सफा नगर्नुहोस् । थोरै पानीले सफा गरि स्वास्थ्यमा प्रतिकुल असर गर्ने जिवाणुहरुलाई हटाउनुहोस् । निरन्तर रुपमा धेरै पानी बगाई सफा गर्नाले जिवाणुहरु शौचालय भरि फैलिन्छन् । त्यसैले थोरै पानीले शौचालय सफा गर्नु नै हाम्रो स्वास्थ्यको लागि राम्रो हो । अनि तपाइँले शौचालयमा बसि आफ्नो दाँत ब्रश गर्नु हुदैंन । किनकी शौचालयमा भएको फोहोर पदार्थ तपाइँको ब्रशमा जान सक्छ । र तपाइँले ब्रश गर्नाले त्यसले रोग निम्त्याउन सक्छ । तसर्थ दाँतलाई ब्रश गर्दा शौचालय बाहिर बसि गर्नुहोस् ।
यसकारण पिसाब गरिसकेपछि लगातार ट्वाइलेट सफा गर्नु हुँदैन: सायद यो कुरा हामी धेरैलाई थाहै छैन
प्रकाशित : बुधबार, पुष १३, २०७३१७:४७