नरिवलको तेलमा मिसाएर लगाउनुहोस् यो एक चिज, हट्नेछ कपाल फुल्ने समस्या !

आजको समयमा सानै उमेरमा कपाल फुल्ने-सेतो हुने समस्याले धेरैलाई सताएको छ। तर, यी सेतो कपालबाट छुटकारा पाउन त्यति गाह्रो छैन। यस्ता धेरै घरेलु उपाय छन् जुन सेतो कपालको समस्यालाई हटाउन प्रभावकारी साबित भएका छन्। नरिवलको तेललाई विभिन्न कममा प्रयोग गर्नुभएको होला तर के तपाईले कहिल्यै सेतो कपालको लागि नरिवलको तेल प्रयोग गर्नुभएको छ?

वास्तवमा नरिवलको तेल सीधै कपालमा लगाउने हो भने कपाल कालो हुँदैन, तर केही यस्ता उपाय छन् जसलाई अपनाएर लगाउँदा कपालको सेतोपन हटेर कालो हुन्छ । यो उपायको लागि तपाईले धेरै मेहनत गर्नु पर्दैन र यो सजिलै तयार हुनेछ। आउनुहोस् यो अचम्मको तरिका बारेमा  जान्नुहोस् ।

नरिवलको तेल र कागतीको रस

नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउनाले सेतो कपाललाई कालो बनाउन फाइदाजनक मानिन्छ। कागतीको रसमा एन्टिअक्सि:-डेन्ट हुन्छ जसले अक्सि:-डेटिभ तनाव हटाउँछ। कपालमा नरिवलको तेल र कागतीको रस एकैसाथ प्रयोग गर्नाले कपाल सेतो हुने समस्या र सेतो भएका कपालबाट छुट्कारा पाउन सकिन्छ । यसले समय अगावै कपाल फुल्ने समस्या पनि समाधान गर्दछ। गर्दैन । यसरी बनाएको नरिवल र कागतीको  मिश्रणलाई हप्तामा दुई पटक प्रयोग गर्न सक्नुहुन्छ।

मिश्रण बनाउनको लागि, लगभग ४ चम्चा नरिवलको तेलमा ४ चम्चा कागतीको रस मिलाउनुहोस्। यसपछि यो मिश्रणलाई जरादेखि कपालको टुप्पोसम्म लगाउनुहोस्। ४५ मिनेटदेखि एक घण्टासम्म राखेपछि सफा पानीले धुनुहोस्। यस उपाय गर्नाले तपाईले आफ्नो कपालमा केही दिनमा चमक देख्नुहुनेछ। यो उपायले काम ढिलो गर्छ तर यसको प्रभाव राम्रो देखाउँछ।

प्रकाशित : बिहिबार, भदौ २३, २०७९११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिला विशेष: गर्भावस्थामा ओठ फुट्ने-सुक्खा हुने समस्या देखिन्छ, यसरी गर्नुहोस् समाधान ?