नङको पालिस हटाउने केमिकल सकियो या बिर्सिनु भयो, यी घरेलु चिजको प्रयोगले सजिलै हट्छ ?

एजेन्सी- यदि विवाह वा पार्टीमा जानुभएको छ र अचानक आफ्नो मेक;-अप बक्समा नेल पेन्ट रिमू:भर राख्न बिर्सनुभएको भने, यस्तो अवस्थामा धेरै पटक आफ्नो नङले कोट्याएर पुरानो नेल पालिस हटाउने प्रयास गर्न थाल्छन् । तर त्यसो गर्दा तपाईंको नङलाई हानि पुऱ्याउन सक्छ, नङको चमक घट्न सक्छ। यदि यस्तो अवस्थामा तपाईले आफ्नो समस्या समाधान गर्न केही सजिलो उपायको प्रयोग गर्न सक्नुहुन्छ। आउनुहोस् नङ पालिस रिमू:-भर बिना नै आफ्नो नङको पुरानो रङ कसरी सजिलै हटाउन सकिन्छ जान्नुहोस् ।

अत्तर प्रयोग गर्नुहोस्-
अत्तरको मद्दतले नेल पालिसको रङ हटाउन सकिन्छ भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ । यसले नेल पालिस  रिमू:-भरको काम गर्छन् । थोरै कपासमा अत्तर लगाएर नङमा रगड्नुहोस्। नङको पालिस केही समयमै हट्छ।

अल्कोहल
यदि तपाईको घरमा अल्कोहल छ भने यसलाई कपासमा लिएर नङमा बिस्तारै रगड्नुहोस्, नङको रंग सजिलै निस्कन्छ।

कागतीको रस-
कागतीको रसमा एसिड हुन्छ । यसको प्रयोग गर्दा केही थोपा कागतीको रस हाल्नुहोस् र कपासको सहयोगले नङमा लगाउनुहोस्। नेल पालिस केही समयमा हट्नेछ ।

प्रकाशित : बुधबार, भदौ २२, २०७९१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घाँटीमा भएको दागबाट छुटकारा पाउन पाउन चाहनुहुन्छ ? यस्ता छन् घरेलु प्रभावकारी उपाय !