दाँतसँगै जिब्रो सफा गर्ने धेरै महत्त्वपूर्ण तरिका, अपनाउनुहोस् यस्ता उपाय !

एजेन्सी- हामी सबैले बिहानको समयमा ब्रस गरेर दाँत सफा गर्छौँ। तर दाँत मात्र सफा राख्नु भनेको पुरै मुख सफा हुन्छ होइन। मुखको पूर्ण सफा गर्नको लागि जिब्रोलाई पनि दाँत जस्तै  सफा गर्नु आवश्यक हुन्छ । जिब्रोलाई राम्ररी सफा गरिएन भने सास गन्हाउनेदेखि लिएर धेरै रोग लाग्न सक्छ। जिब्रो सफा नगर्दा पेट सम्बन्धी धेरै समस्या हुन सक्छ । तर धेरैलाई जिब्रो सफा गर्ने तरिका थाहा नहुन सक्छ। आज हामी यस पोस्ट मार्फत   जिब्रो सफा गर्ने तरिका बारेमा जानकारी गराउने छौँ।

नुन

घरको भान्सामा खानाको स्वाद बढाउन प्रयोग हुने नुन जिब्रो सफा गर्न उपयोगी हुन सक्छ। नुन एक प्रकारको प्राकृतिक चिज हो। जिब्रो सफा गर्नको लागि रातीको खानपछि सुत्नुअघि नुन पानीले कुल्ला गर्ने, साथै जिब्रोमा नुन छर्केर टुथ:-ब्रशको पछाडिको भागले हल्कासँग घोटेर पनि जिब्रो सफा गर्न सकिन्छ ।

घ्यु कुमारी

घ्यु कुमारी एउटा यस्तो बिरुवा हो, जुन छाला, कपाल र हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यति मात्र नभएर घ्यु कुमारी प्रयोग गरेर हामी हाम्रो जिब्रो सफा गर्न सकिन्छ।  घ्यु कुमारीको जेलले जिब्रोको दाग हटाउँछ।

दही

दहीको सेवनबाट हुने फाइदाहरु तपाइले सुन्नु भएको होला । तर के तपाईलाई थाहा छ दहीको प्रयोगले जिब्रो सफा गर्न सकिन्छ ? दही प्रो-बायो:-टिक हो। दहीले जिब्रोको सबै समस्या जिब्रोमा भएको सेतो तह र जिब्रोमा जमेको फोहोर हटाउन यो फाइदाजनक हुन्छ । यसका लागि जिब्रोमा अलिकति दही हालेर मुख चलाउनुहोस् र त्यसपछि पानीले धुनुहोस्। यसो गर्नाले जिब्रोको फोहोर हट्छ ।

बेसार
भान्सामा प्रयोग गरिने बेसारले पनि दाँत र जिब्रो सफा गर्न सकिन्छ । यसका लागि जिब्रोमा बेसार छर्केर ब्रसको पछाडिको भागले हल्कासँग घोट्नुहोस्। त्यस पछि मनतातो पानीले कुल्ला गर्नुहोस्।

प्रकाशित : शुक्रबार, भदौ १७, २०७९१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी पोषक तत्वहरू हरेक महिलाले अवश्य सेवन गर्नुहोस्, धेरै रोगबाट मिल्छ सुरक्षा !