डण्डीफोरको समस्याले सतायो ? आजै गर्नुहोस् यस्तो उपाय अनि हेर्नुहोस् चमत्कार [तरिका सहित ]

आजकल स्किन केयरको नाममा बजारमा अनेक महंगा उत्पादन पाईन्छन् जो चमकदार र सफा छालाको वाधामा तपाईंसँग हजारौँ रुपैया लुटिरहेका छन् । तर के तपाइँ जान्नुहुन्छ कि साधारण चीजहरू जुन तपाईंको दैनिक जीवनमा काम आउँछन् त्यसले तपाईंको सुन्दरता बढाउनको लागि पनि काम गर्दछ। आज हामी तपाईंलाई त्यस्तै एउटा सजिलो उपायको बारेमा बताउन जाँदैछौं, जसबाट तपाईं घरमै बसीबसी चम्किलो छाला पाउन सक्नुहुन्छ। यसको लागि तपाईंलाई चामलको पीठो र बेसारको आवश्यक पर्दछ। आयुर्वेदमा पनि चामलको पीठो र बेसारलाई गुणकारी मानिन्छ।

 बेसार र चामलको पीठोको लेप  

बेसार, सबै भन्दा उपयोग हुने एक प्रकारको  प्राकृतिक सौन्दर्य उत्पादन हो। बेसारमा एन्टीसेप्टिक, एन्टि-ब्याक्टेरियल गुण हुन्छ। यदि तपाईंको अनुहारमा डण्डीफोर छ भने  बेसार र चामलको पीठोको लेप उपयोग गर्नुहोस्। यसको प्रयोगले छालाको सफाई ठिक तरिकाले हुन्छ र अनुहारको डण्डीफोर हट्छ। अनुहारको चाउरीपनाको लागि पनि यो निकै उपयोगी हुन्छ।

तयार गर्ने तरिका

यसकोलागि दुई चम्चा बेसार,दुई चम्चा चामलको पीठो,दुई चम्चा दुध र एक चम्चा टमाटर जूसको आवश्यक पर्छ। यी सबै चिज मिसाएर पेस्ट बनाउनुहोस्।

त्यसपछि तयार भएको लेप अनुहारमा लगाउनुहोस् । यसलाई अनुहारमा तीस मिनेटसम्म राख्नुहोस्। त्यसपछि मनतातो पानीले मुख धुनुहोस्। यो उपाय  तपाईं हप्तामा दुई पल्ट उपयोग  गर्नसक्नुहुन्छ ।

बेसारको लेपको फाइदा

यदि तपाईंको मुहारमा डण्डीफोरको समस्या छ भने  बेसार र  चामलको पीठोको  लेपले ठिक हुन्छ। नियमित रूपमा यसको प्रयोगले अनुहारको चाउरीपाना पनि ठिक हुन्छ । यसमा एन्टी-एजिंग गुणहरू हुन्छन्  जसले  बुढेसकालमा अनुहारको चमक हराउने समस्याबाट पनि मुक्ति दिलाउँछ।

प्रकाशित : शुक्रबार, भदौ १०, २०७९१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब घरमै तयार गर्नुहोस् शरीरको दुर्गन्ध हटाउने यस्तो चमत्कारिक पाउडर [तरिका सहित]