अब घरमै तयार गर्नुहोस् शरीरको दुर्गन्ध हटाउने यस्तो चमत्कारिक पाउडर [तरिका सहित]

शरीरबाट नराम्रो गन्ध र अत्यधिक ओसलाई सोस्न र  छालाको हेरचाहको लागि पाउडर वा ट्याल्कम पाउडर एकदम महत्तोपुर्ण हुन्छ । कतिपय मानिसको नुहाएपछि ट्याल्कम पाउडर लगाउने बानी  हुन्छ जो की कोहि अत्तर वा खुस्बु लगाउनु  भन्दा राम्रो उपाय  हो। तर ट्याल्कम पाउडरको साथ समस्या यो हुन्छकि यो जुन समयमा पनि प्रयोग गर्न सकिन्न। कुनै अत्तर वा खुस्बु भन्दा यो निकै राम्रो विकल्प हो किन भने यसले शरीरको अतिरिक्त तेल र ओस सोस्छ।

बाजारमा धेरै प्रकारका ट्याल्कम पाउडर उपलब्ध छन् तर तिनीहरु सबैमा केमिकलको प्रयोगअत्याधिक हुन्छ। बजारमा पाइने प्राय पाउडरमा अल्कोहलका साथै केमिकलको पनि प्रयोग गरिएको हुन्छ, जुन्  तपाईंको छालालाई हानिकारक छ । यस्तोमा बजारमा पाइने पाउडर प्रयोग गर्नुको सट्टा तपाईं आफै घरमानै जैविक सामग्रीको प्रयोग गरेर ट्याल्कम पाउडर तयार गर्न सक्नुहुन्छ ।

होममेड ट्याल्कम पाउडर

हामी शरीरमा पाउडर यसैले प्रयोग गर्छौं ताकि छाला सुक्खा रहोस् । घरमै बनाएको पाउडर  पनि राम्रो हुने गर्छ । यसमा प्राकृतिक चिजको प्रयोग गरिन्छ जसमा ओस सोस्ने क्षमता हुन्छ जस्तै मुल्तानी माटो,अरारुट पाउडर ,गुलाबको पाउडर । साथै यी सबै पदार्थमा छालामा हुने संक्रमण रोक्ने एन्टीब्याक्टेरिया पनि पाईन्छ।

गुलाबको पाउडर  

गुलाब पाउडर प्रयोग  गरिएको ट्याल्कम पाउडरले  शानदार खुस्बु प्रधान गर्छ । जाडो समयमा जब बगैचामा गुलाब फुल्छ तब त्यसलाई  सुकाएर पाउडर  बनाएर राख्न सकिन्छ। यसका लागि तपाईंले तिनीहरूलाई धेरै राम्ररी पीस्नु पर्छ| तपाईं पाउडरमा क्यामेलिया तेल पनि मिलाउन सक्नुहुन्छ। यसले छालाको अतिरिक्त तेल सोसेर छालालाई मुलायम राख्न मद्दत गर्छ।

मुल्तानी माटोको पाउडर

ट्याल्कम पाउडर बनाउन थोरै मुल्तानी माटोको पनि प्रयोग गरिन्छ जसले गर्दा छालालाई अतिरिक्त नमी   र ज्यादा तेल सोस्न सहयोग गर्छ । यही कारण पाउडर  बनाउदा अलग अलग प्रकारका मुल्तानी माटोको प्रयोग गरिन्छ । तर यो तयार पर्ने तरिका भने निकै कठिन हुन्छ ।

अरारुट पाउडर

अरारुट पाउडर  पनि ट्याल्कम पाउडर बनाउन प्रयोग हुन्छ जसले गर्दा चाडै  नामी सोस्छ र छाला मुलायम र रेशमी बनाउन सहयोग पुर्याउँछ।

सामग्री

चार टेबल स्पून अरारुट पाउडर

एक टेबल स्पून गुलाबको पाउडर

एक टेबल स्पून मुल्तानी  माटो

एक टी स्पून क्यमिलिया तेल

एक सानो कचौरा

फनेल

जार

प्रकाशित : शुक्रबार, भदौ १०, २०७९१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिस्ता खानुको ७ फाइदाहरु, मुटु रोगीहरुको लागि हुन्छ सक्छ रामवाण !