काठमाडौँ : अङ्ग्रेजीमा एगप्लान्ट (Eggplant) अथवा ओबेर्जीन (Aubergine) अथवा ब्रिन्जल(Brinjal )भनेर चिनिने भ्यान्टाको सेवन स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। तर कतिपय अवस्थामा भ्यान्टाको सेवन घातक हुन् सक्छ। आफ्नो स्वास्थ्य समस्याको बाबजूद पनि तपाई भ्यान्टाको सेवन गर्नुहुन्छ भने त्यसले तपाईको समस्या अझ बढाउँछ।
स्वास्थ्यविज्ञहरुका अनुसार भ्यान्टालाई कहिल्यै तेलमा तारेर खानुहुँदैन्। भ्यान्टालाई तेलमा तार्दा यसमा रहेका पोषक तत्वहरु नष्ट हुन्छ। भ्यान्टालाई थोरै तेलमा भुटेर या पानीमा उमालेर खाँदा बढी फाइदाजनक हुन्छ।
पेटसम्बन्धी समस्या भएका व्यक्तिले भ्यान्टा खाए झन् बढी हानि पुर्याउँछ। यसले पेट दुख्ने, वान्ता हुने र टाउको दुख्ने समस्या बढाउन् सक्छ। रक्तस्राव या रगत बग्ने समस्या भएकालाई पनि भ्यान्टाको सेवनले हानि गर्छ। यसले तपाईको रोगलाई अझ बढाउँछ।
गर्भवती महिलाले भ्यान्टा खानुहुँदैन। गर्भावस्थामा भ्रूणको विकासको लागि हानिकारक हुन सक्छ।
डिप्रेसनको औषधि खाइरहेका व्यक्तिले भ्यान्टा नखाएकै राम्रो हुनेछ। यसले औषधीको प्रभावलाई कम गर्छ।
तेलमा तारेको भ्यान्टामा फ्याटको मात्रा धेरै हुन्छ, यसले वजन बढाउँन् सक्छ। यो मुटुको स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ ।
यदि तपाईलाई भ्यान्टा खाँदा एलर्जीको समस्या हुन्छ भने यसको सेवन नगरेको राम्रो हुन्छ। यसले एलर्जीलाई ट्रिगर गर्न सक्छ। आँखासँगसम्बन्धित समस्या भएकाले पनि भ्यान्टा सेवन गर्नुहुँदैन।