जाडो सुरु हुने बित्तिकै हाड, जोर्नी दुख्ने बिरामीलाई सबैभन्दा बढी समस्या हुन्छ । वास्तवमा कम तापक्रम र ढिलो रक्तसञ्चारका कारण हड्डी र मांसपेशीको दुखाइ यति हदसम्म बढ्छ कि त्यस्ता बिरामीहरूलाई बस्न पनि गाह्रो हुन्छ। यस समस्याबाट वृद्ध वृद्धालाई सबैभन्दा बढी समस्या भोग्नु परेको छ । तर केही यस्ता सरल उपाय अपनाएमा यस दुखाइबाट मुक्ति पाउन सकिन्छ ।
जाडो मौसममा यस कारणले बढ्छ जोर्नीको दुखाइ
– शरीरमा भएको रगतको तापक्रम कम भएको कारणले
– शरीरको छाला बढी मात्रामा चिसो भएको कारणले
– क्याल्सियम तथा विटामिन डी की कमी
– बुढेसकालमा हड्डीमा हुने लुब्रि-केटको कमीको कारणले
– शरीरको तापक्रम कम भएको कारणले
बच्ने उपाय
– जाडो मौसममा शरीरलाई तातो राख्नको लागी बाक्लो कपडा लगाउनुहोस् ।
– शरीरलाई भित्रबाट न्यानो राख्नुहोस् ताकि तापक्रम कम नहोस्। यसका लागि सुक्खा फलफूल, सिमी, सुक्खा अदुवाको लड्डू, तेज पत्ता, ठुलो अलैंची ब्रोकाउली, दूध, दही, हरियो सागसब्जीको सेवन गर्नुहोस् जसले शरीरलाई चिसो हुन् दिदैन ।
– हाड जोर्नी दुख्ने समस्या भएका मानिसले यस जाडो मौसममा तातो पानीले नुहाउने गर्नुहोस् । यसले जोर्नी र मांसपेशीलाई आराम मिल्छ र दुखाइ पनि कम हुन्छ । ध्यान राख्नुहोस् कि शरीरको तापक्रम सामान्यमा फर्किन समय लाग्छ, त्यसैले चिसो तापक्रम छोडेर तुरुन्तै तातो पानीले नुहाउनु हुँदैन।
-जाडोमा कम्तीमा १५ मिनेट घाममा बस्दा शरीरलाई पर्याप्त मात्रामा भिटामिन डी उपलब्ध हुन्छ । साथै, भिटामिन डीको लागि अण्डा, च्याउ, माछा, दूध वा दुग्धजन्य पदार्थ खानुहोस्।
– धरै समयसम्म एकै स्थानमा एकै अवस्थामा नबस्नुहोस् ।