जाडो मौसममा हाडजोर्नी दुख्ने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय !

जब मौसम परिवर्तन हुन्छ त्यस समयमा हामीलाई कुन शारीरिक समस्याले सताउँछ भने निश्चित हुँदैन । जब मौसम परिवर्तन हुन्छ त्यस समयमा हाम्रो शरीरमा भएका विभिन समस्या सक्रिय हुन थाल्छ । त्यसतै आज हामी जाडो मौसम हुने समस्या मध्ये एक हाड जोर्नी दुख्ने समस्याको बारेमा बताउने छौँ । आज हामी यस पोस्ट मार्फत जाडो मौसममा हाड जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने उपायको बारेमा बताउने छौँ ।

-जाडो मौसममा हाड जोर्नीको दुखाइ कम गर्ने पहिलो उपाय भनेको न्यानो र बाक्लो कपडा लगाउने, यसको प्रयोगले तपाइलाई न्यानो हुनुको साथै दुखाइ कम गर्दछ ।

-यदि तपाइलाई हाड जोर्नी दुख्ने समस्या छ भने तपाई कुनै पनि शारीरिक क्रियाकलाप नगरी बस्नु हुँदैन । यस्तो अवस्थामा हल्का रुपमा शारीरिक क्रियाकलाप गर्नुको साथै विभिन्न कसरत गर्नु पर्दछ ।

– यस्तो अवस्थामा क्याल्सियम र भिटामिन डी ले जोर्नी दुखाइ र सूजन कम गर्नमा मद्दत गर्दछ। यसले हड्डीलाई बलियो बनाउन मद्दत गर्दछ ।

– हाड जोर्नीको दुखाइ कम गर्नको लागी तपाईहरु एक्टिअक्सिडेन्ट प्राप्त हुने खानेकुराको सेवन गर्न सक्नु हुन्छ । जस्तै साग सब्जी, फलफुल र माछा जस्ता चिजको सेवन गर्न सक्नु हुन्छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडो मौसममा शरीरलाई चिसोबाट बचाउन सेवन गर्नुहोस् यस्ता चिज, ठुलो समस्या हुनबाट बचाउँछ !