जाडो मौसममा शरीरलाई चिसोबाट बचाउन सेवन गर्नुहोस् यस्ता चिज, ठुलो समस्या हुनबाट बचाउँछ !

जाडो मौसमको आगमनसँगै मानिसको जीवनशैलीमा पूर्ण परिवर्तन आउने गर्छ । चिसोबाट शरीरलाई जोगाउन मानिसहरु विभिन्न किसमको कपडाको साहायता लिने गर्दछन् । यति भएर पनि मानिसहरुलाई विभिन्न समस्याले सताउने हुन्छ । आज हामी यस पोस्ट मार्फत यस्ता चिजको बारेमा बताउनेछौँ जसले तपाईलाई यस जाडो मौसममा हुने विभिन्न समस्याबाट बचाउँछ । यी चीजहरूले तपाईंको शरीरलाई न्यानो मात्र राख्दैन, तर स्वास्थ्यका लागि आवश्यक पोषक तत्वहरू पनि प्रदान गर्दछ। यी सुपरफुडहरू खाँदा जाडोमा बिरामी हुने सम्भावना पनि कम हुन्छ ।


बदाम-ओखर – बदाम र ओखरको सन्तुलित आहारले हाम्रो स्नायु प्रणालीलाई सक्रिय राख्छ। सन्सुलिन प्रक्रियामा सुधार गर्छ र मुटुको स्वास्थ्यमा पनि सुधार गर्छ। ओखरमा पाइने ओमेगा ३ फ्याटी एसिड हाम्रो स्वास्थ्यका लागी निकै फाइदाजनक हुन्छ । यसका लागी खुबानीको सेवन पनि गर्न सकिन्छ ।

कोदो – जाडो मौसममा कोदोको पिठोबाट बनेको विभिन्न परिकारको सेवन गर्दा जाडोमा हाम्रो स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याउँछ । यसबाट तपाईले क्याल्सियमको मात्र पनि अधिक मात्रामा पाउन सक्नुहुन्छ । यसको सेवनले मधुमेहको बिरामीलाई फाइदा पुर्याउनुको साथै यो अनिद्रा, चिन्ता र डिप्रेसनमा पनि धेरै प्रभावकारी हुन्छ।

 


छोकडा- जाडोमा पाइने खजुर कम चिल्लो पदार्थ भएको खानेकुरा हो जसले तौल बढ्ने समस्या हुन दिँदैन । यसलाई पोषक तत्वहरूको भण्डार पनि भन्ने गरिन्छ । छोकडा जिम जानेहरूका लागी उत्कृष्ट चीज हो। यसलाई दैनिक आहारमा खाँदा जाडोमा शरीर न्यानो रहन्छ ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लसुन, तातो पानी र केराबाट शरीरमा पलाएको अनावश्यक मासुबाट यसरी पाउनुहोस् छुटकारा !