हामी नेपालीहरुको प्राय: घरमा दिन भरिको काम पछि राति घरमा खानामा विभिन्न परिकारको खाने गरिन्छ। धरै मानिसको दिउँसोको समयमा खासै खान नखाएर राति धरै खाने बानी हुन्छ । त्यस्तै अर्को दिन बिहानको सुरुवात नै चिया कफीबाट हुने गर्दछ । तपाई अन्य कुरामा जतिनै बेवास्ता गर्नुहोस् तर खानामा विशेष सावधान हुनु आवश्यक हुन्छ । विशेष गरी रातको खानामा लापरवाही नगर्नु होस् यसको असर निन्द्रामा मात्र नभई स्वास्थ्यमा पनि हुन्छ ।
स्वास्थ्य विशेषज्ञहरु भन्छन् कि यदि रातको खानामा ध्यान दिएन भने मधुमेह, रक्तचाप जस्ता धेरै रोगहरु हुन सक्छ। राति ढिला खाना खानु र खाना खाने बितिक्कै सुत्दा मोटोपन र मुटुको समस्या हुनसक्छ । यस्तो बानीले स्वास्थ्यमा निकै कुरामा असर गर्दछ । आज हामी बेलुका सुत्ने समयमा खान नहुने खानाको बारेमा बताउने छौँ ।
तेलमा तारेको खाना
आलु चिप्स, फ्रेन्च फ्राइज र बर्गर जस्ता उच्च क्यालोरीयुक्त खाना खानाले पाचन प्रणालीमा दबाव दिन्छ। रातको खानामा यी चिज खाँदा तपाईको निन्द्रामा असर पर्छ। यस्तो खानाले ग्यास र कब्जियत जस्ता समस्या देखिन सक्छ । डाक्टरहरुको अनुसार राति ढिलासम्म बसेर उच्च क्यालोरी भएका खानेकुराहरु खानु उचित नहुने बताउछन् । यस्तो स्वभावको कारण महिलाहरुमा हर्मोनको समस्या हुन् सक्छ ।
मसालेदार खान
यदि तपाई राति ढिला खाना खानुहुन्छ भने मसालेदार खाना नखानुहोला । सुत्नु भन्दा पहिले यस्तो खानाको सेवनले तपाईको पाचन यन्त्रमा असर पुर्याउन सक्छ । जसकारण तपाईमा पाचनमा समस्या हुन्छ र पेट खराब हुने हुँदा निन्द्रामा समस्या हुन्छ।
चिया वा कफी
धेरै मानिसहरुको खाना पछि चिया वा कफी पिउने बानी हुन्छ। यो बानी विशेष गरी राती अबेर सम्म काम वा अध्ययन गर्नेहरुमा अधिक हुन्छ । रातको समयमा चिया वा कफी पिउँदा तपाई आफुलाई केहि समय फुर्तिलो महसुस गर्नु हुन्छ । तर लामो समयसम्म यस्तो बानीले पछि गएर चिन्ता बढ्ने र निन्द्रा नलाग्ने जस्ता समस्या उत्पन्न हुन सक्छ ।
मधिराको सेवन
राती रक्सी पिउनाले मस्तिष्कमा प्रत्यक्ष असर पर्छ। त्यसैले रातको समयमा रक्सी पिउनाले स्मरण शक्ति पनि कमजोर हुन्छ । त्यस्तै राति ढिलासम्म रक्सी पिउदा यसको असर आन्द्रामा पर्ने हुन्छ । साथै निन्द्रा पनि राम्रोसँग लागदैन ।