कोरोना विरुद्धको खोप भन्दै ८ हजार भन्दा धरै मानिसहरुलाई नुनपानी लगाइदिएपछि…

एजेन्सी । जर्मनीमा कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाएको पाइएको छ। जर्मनीको नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोप भनेर नुनपानी बीबीसीले जनाएको छ।

गत मार्च-अप्रिलमा नै खुलासा भएको यस्तो घटनामा पहिले ६ जनालाई मात्र उक्त स्वास्थ्यकर्मीले नुनपानी दिएको बताइएको थियो। आरोपीले पनि त्यहि समयमा आफूले गरेको गल्ती स्वीकार गरेकी थिइन्। तर प्रहरीले थप अनुसन्धान गर्दा ८ हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि भएको हो।


कोरोना विरुद्ध फाइजरको खोप हो भन्दै खोप लगाउन आएका मानिसलाई उक्त स्वास्थ्यकर्मीले नुनपानी लगाएको प्रहरीले जनाएको छ। प्रहरीले यस घटना बारे पुष्टि गरेसँगै सबैलाई पुनः खोप लगाउनका लागि आग्रह गरिएको छ। खोप भनेर नुनपानी लगाइदिएकी उक्त स्वास्थ्यकर्मीबाट खोप लगाउनेमा प्राय: ७० वर्ष भन्दा माथि उमेरका रहेका बताइएको छ।

अहिलेसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता नगरिएता पनि प्रहरीले भने यस घटनालाई पुष्टि गरेको छ। उक्त घटना बारे प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी रहेको छ। तर स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोप झुटो भएको बताएका छन्।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषहरुमा कपाल झर्ने देखि यति धरै समस्याको समाधान गर्छ काजुले, यसरी गर्नुहोस् सेवन!