के तपाई राति निन्द्रा नलागेर चिन्तित हुनुहुन्छ? सेवन गर्नुहोस् यी ५ चिज, अनि सुत्नुहोस आरामले!

तपाईलाई आधा रातमा निन्द्रा खुल्छ र त्यसपछि निन्द्रा नलाग्ने समस्या हुन्छ भने यो पोस्ट तपाईहरुको लागि उपयोगी हुन सक्छ। स्वास्थ्य विशेषज्ञहरु भन्छन् कि एक दिनमा ८ घण्टा भन्दा कम सुत्नाले तपाईलाई विभिन्न समस्या  हुन सक्छ ।

हाम्रो शरीरलाई दिनभरिको कामबाट आराम पाउनको लागि दिनमा कम्तिमा ८ घण्टा आराम गर्नु आवश्यक हुन्छ । आहार विशेषज्ञहरुका अनुसार अनिन्द्राको समस्या भएका मानिसहरुलाई घरेलु उपचार अपनाउन  सकिन्छ । निन्द्रा लाग्ने विभिन्न  किसिमको खाद्य पदार्थहरु छन् । जसलाई तपाई आफ्नो आहारको रुपमा सेवन गर्न सक्नु हुनेछ र निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१.  बदामको सेवन


दूध जस्तै, बदाममा ट्रिप्टोफान पनि हुन्छ, जसले मस्तिष्क र शरीरलाई आनन्द प्रदान गर्छ । जसकारण मस्तिष्कको शक्ति बढ्नुका साथै तपाईलाई मिठो निन्द्रा लाग्छ। बदाममा हुने म्याग्नेशियमले तपाईको चाल स्थिर राख्न सहयोग पुर्याउछ । त्यसैले हरेक दिन एक मुट्ठी बदाम सेवन गर्नुहोस् र आरामले सुत्नुहोस् ।

२. डार्क चकलेट

बदाम बाहेक डार्क चकलेट सबैभन्दा उत्तम निन्द्रा लगाउने खनेकुराहरु मध्ये एक हो । यसमा सेरोटोनिन जुन् तपाईको दिमागलाइ शान्ति प्रदान गर्दछ । जसकारण तपाईलाई राम्रो सँग निन्द्रा लाग्ने हुन्छ ।

३.  केराको सेवन 

तपाईलाई आरामदायी निन्द्रा लाग्नमा केराले धरै मद्दत गर्दछ । केरामा मानव शरीरमा भएको मंसपेसीलाई आराम दिने तत्व पाउन सकिन्छ । जसकारण केराको सेवनबाट तपाईहरुले आरामदायी निन्द्राको अनुभव गर्न सक्नुहुनेछ ।

४. तातो दुधको सेवन

राम्रोसँग निन्द्रा लाग्नको लागि एक गिलास तातो दुधको सेवन गर्नु एकदमै फाइदा हुन्छ । दुधमा ट्रिप्टोफान हुन्छ यो एक एमिनो एसिड हो । जसले मस्तिष्कलाई आराम प्रदान गर्दछ । जसकारण मिठो निन्द्रा लाग्ने हुन्छ । यसको साथै तातो दुधमा एक चिम्टी जाइफल, एक चिम्टी अलैची र अलिकति पिसेको बदामको धुलो मिसायर सेवन गर्नाले मिठो निन्द्रा लाग्नुको साथ स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोरोना विरुद्धको खोप भन्दै ८ हजार भन्दा धरै मानिसहरुलाई नुनपानी लगाइदिएपछि…