समय भन्दा पहिले बुढा-बुढी देखिने समस्या भएको छ? सहि समयमा प्रयोग गर्नुहोस् यस तरिका!

अहिलेको समयमा अनुहारमा देखिने विभिन्न समस्याको कारण मनिसहरु जवान उमेरमा नै अनुहारमा देखिएको विभिन्न समस्याको कारण चाया-पोतो देखिने र छाला चाउरी पर्ने जस्ता समस्या देखा पर्न थालेका छन् । यदि तपाईहरु पनि यस्तै समस्याको कारण चिन्तित हुनुहुन्छ भने आज हामी यस पोस्ट मार्फत तपाईहरुमा देखिएका यस्ता समस्याको समाधानको उपाय बताउने छौ ।

समयको साथ-साथ तपाइको अनुहारमा विभिन्न प्रकारको समस्या देखापर्ने हुन्छ । यस्तो समस्याबाट सर्वप्रथम तपाईहरुमा बढी उमेरको मानिस जस्तो देखिने समस्या हुन थाल्छ । तर तपाईहरु गहुको पिठोबाट बनेको फेस प्याकको प्रयोग गरेर समय भन्दा पहिले बुढो देखिने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । किनकि गहुको पिठोमा भरपुर मात्रामा ‘एन्टी एजिन्ग’ को मात्र पाउन सकिन्छ । जसले तपाइको छालालाई दाग मुक्त बनाउछ । आज हामि तपाईहरुलाई गहुको पिठोको फेस प्याक कसरी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराउने छौ र साथै यसको प्रयोग समयको बारेमा पनि जानकारी गराउने छौ ।

सौन्दर्य विशेषज्ञहरुका अनुसार छाला हाइड्रेट गर्ने फेस प्याक बिहानको समय गर्नु राम्रो हुनेछ । जसको कारण छालाले पूर्णरुपमा पोषक तत्वो प्राप्त गर्दछ । तर छालालाइ सफा गर्ने एक्सफोलिएटर र स्क्रब फेस प्याक राति सुत्नु भन्दा पहिले लगाउनु पर्छ ।

कसरी बनाउने गहुको पिठोको फेस प्याक?
सबैभन्दा पहिले एक चम्चा गहुको पिठो र एक चम्चा कफीको पाउडरलाइ मिसाउनु होस् । एउटा कुरा ध्यान दिनुपर्ने हुन्छ। यसरी कफी पाउडर र गहुको पिठो मिसाउनु भन्दा पहिले यसमा दुध मिसाउनु हुदैन । कफी पाउडर र गहुको पिठोलाइ राम्रो संग मिसाई सकेपछी यसमा ४ चम्चा दुध मिसाउनु होस् । यसरी बनाएको क्रिमलाई अनुहार र गर्धनमा राम्रोसंग लगाउनु होस् र हल्का मसाज गर्नुहोस् । यसरी लगाएको करिब १० मिनेट पछी अनुहारलाइ सफा पानीले धुनुहोस् । यसरी हप्तामा ३-४ पटक प्रयोग गर्नाले अनुहारमा आएको समस्या बिस्तारै हटेर जान्छ ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८१२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषहरुको यस्ता समस्याको लागि वरदान साबित हुन्छ मेथीको सेवन, हेर्नुहोस् यसको फाईदा!