मात्र एक हप्ता प्रयोग गर्नुहोस् यस्तो उपाय, सेतो कपाल हुनेछ फेरी कालो!

फुलेको कपालको उपचार तेती सजिलो छैन। यसको लागि सहि उपाय र धैर्यताको आवश्यकता हुन्छ । कपाल कालो बनाउनको लागि कपाल कलर गर्नु भन्दा कुनै प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । आज हामि यस्ता उपायको बारेमा बताउने छौ, जसले तपाइको फुलेको अर्थात् सेतो कपाल लाइ कालो बनाउछ र सेतो कपाल बढ्न दिदैन । यस घरेलु उपायलाइ हप्तामा एक पटक अपनाएर लाभ लिन सक्नु हुन्छ । आज हामि यस पोस्ट मार्फत सेतो कपाललाइ कसरी कालो बनाउन सकिन्छ भन्ने बिषयमा जानकारी गराउने छौ ।

फुलेको कपालको उपचारको लाइ सर्वप्रथन एक फलामको भाडामा १०-१२ चम्चा अमला पाउडर तथा एक मुट्ठी अमला दुइ कप पानीमा भिजाउनु होस् । बिहानको समयमा यसरी बानेको पेस्टमा दुइ चम्चा कफी पाउडर, ३ चम्चा कागतीको रस, ३-४ चम्चा मेहेन्दी पाउडर मिसाएर पेस्ट बनाउनु होस्। यसरी बनाएको पेस्टलाइ कपालको जरा देखि टुप्पो सम्म राम्रो संग लगाउनुहोस् । यसलाई राम्रो संग सुक्न दिनुहोस् । राम्रो संग सुकेको केहि समय पछी सफा पानीले मात्र कपाल धुनुहोस् ।

जब कपाल सुख्खा हुन्छ, टाउकोमा कपालको तेल लगाउनुहोस् र रातभर राख्नुहोस् । भोलिपल्ट बिहान हल्का स्याम्पुले कपाल धुनुहोस्। यस पछी कन्डिसनरको प्रयोग गर्न नबिर्सिनुहोला । लगातार ३ महिनासम यसरी हप्तामा एक पटक प्रयोग गर्नाले तपाइको सेतो कपाल बिस्तारै कालो हुनेछ। यदि तपाइको कपाल लामो र बाक्लो छ, भने अमलाको मात्र बढाउनुहोस्। तेस्तै कागतीको रस र मेहेन्दी पाउडरको मात्र पनि बढाउनु होला ।

प्रकाशित : बुधबार, साउन २०, २०७८१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समय भन्दा पहिले बुढा-बुढी देखिने समस्या भएको छ? सहि समयमा प्रयोग गर्नुहोस् यस तरिका!