सानै उमेरमा सुरु भएको छ तपाईको बच्चीहरुमा महिनावारी, हाइट बढ्छ कि बढ्दैन्? जान्नुहोस!

बिगत केहि बर्षयता गरिएको एक अध्ययनले बताएको छ । आजभोली बच्चीहरुमा कम उमेरमा नै महिनावारी हुने समस्या देखिएको छ । जब सानो उमेरमा बच्चीहरु महिनावारी हुन्छन तब बच्चीहरु चिन्ता बढ्नुको साथै अभिभावकमा विभिन्न किसिमको दुबिधा हुने गर्दछ । यस्तो मान्यता छ कि जब बच्चीहरुमा महिनावारी शुरु हुन्छ तब उनीहरुक हाइट बढ्न रोकिन्छ । आज हामी यस पोस्टमार्फत यो कुरा कत्तिको साचो हो भनेर जानकारी गराउने छौ ।

पहिलो पटकको महिनावारीलाइ मेडिकल साइन्सको भाषामा ‘मेनारचे’ भनिन्छ। अध्यनको अनुसार प्राय: बच्चीहरुमा १२-१३ बर्षको उमेरमा महिनावारी हुने गर्दछ । जब महिनावारी शुरु हुन्छ तब उचाई बढ्न रोकिन्छ भन्ने बिषयमा यस सम्बन्धिका विशेषज्ञ भन्छन, ‘यसमा केहि सत्य छ, तर यो पूर्ण रुपमा सत्य छैन । किनकि केहि कुराहरु भएको भन्दा बढाई-चढाई  गरिरहेका छन्।

विशेषज्ञ भन्छन् ‘जब बच्चीहरुमा महिनावारी शुरु हुन्छ तब उनीहरुको शरिरमा एक एस्ट्रोजेन हर्मोनको आगमन हुन्छ। यस हर्मोन उचाई बढ्नमा केहि असर त गर्छ तर  उचाई बढ्नमा केहि कम गरिदिन्छ। यसले पूर्ण रुपमा उचाई बढ्न बन्द गर्ने भन्ने हुदैन ।

यो हर्मोन साना बच्चीहरुमा पूर्ण विकसित मानिसहरुमा जस्तो सक्रिय हुदैन । भनिन्छ बच्चीको उचाईलाइ लिएर अभिभावकलाइ सचेत रहनु पर्छ तर महिनावारी हुदैमा उचाई बढ्दैन भनेर चिन्तित हुनुपर्ने भन्ने हुदैन ।

प्रकाशित : बुधबार, साउन १३, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५० भन्दा बढि पोषक तत्व हुने यो फल पुरुषहरुको लागि बरदान साबित!