मिलन फाउण्डेशनले पर्वतको आर्थरमा निःशुल्क आँखा शिविर गर्ने

रूद्र श्रीसमगर
पोखरा ।  मिलन फाउण्डेशन नेपालले पर्वतको कुश्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कमा एक दिने निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ । हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोगमा यही पुस २२ गते शनिबार आर्थर डाँडाखर्कको पञ्चकोशी माविको प्राड्डणमा शिविरको आयोजना गर्न लागिएको हाल हङकङमा कार्यरत फाउण्डेशनकी अध्यक्ष गंगा गुरुङले जानकारी दिनुभयो ।

फाउण्डेशनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आर्थरमा शिविरको आयोजना गर्न लागेको हो । हरेक वर्ष विभिन्न ठाउँमा फाउण्डेशनले निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ । निःशुल्क आँखा शिविरका लागि फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र अध्यक्ष गंगा गुरुङले प्रमुख दाताका रुपमा हरेक वर्ष सहयोग गर्दै आउनुभएको कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङले जानकारी दिनुभयो ।

शिविरबाट आर्थर डाँडाखर्कलगायत त्यस क्षेत्रका आँखाका बिरामीहरू लाभान्वित हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक गुरुङले बताउनुभयो । फाउण्डेशनले यसअघि, पर्वतका क्याङ, खुइजरी, बनौं, देउपुरलगायतका ठाउँमा निःशुल्क आँखा शिविर सम्पन्न गरिसकेको छ ।

प्रकाशित : बिहिबार, पुष १३, २०७४१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको यी ७ बानीहरु किड्नीका दुश्मन!